शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

होटलमा लगी अश्लिल भिडियो देखाएर छोरी बलात्कार गर्ने बाबु पक्राउ

शुक्रबार, १२ मङ्सिर २०७७, १३ : ११
शुक्रबार, १२ मङ्सिर २०७७

काठमाडौँ । आफ्नै छोरीको बलात्कार गर्ने बाबुलाई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको छ ।

१३ वर्षीया छोरीलाई पटक–पटक बलात्कार गरेको आरोपमा कास्की पोखरा महानगरपालिकाका ३९ वर्षीय बाबुलाई प्रहरीले पक्राउ गरी अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक जीवन श्रेष्ठले बताए ।

मंसिर ६ गते दिउँसो पोखरास्थित एक होटलमा लगेर जबरजस्ती अश्लिल फोटो तथा भिडियो देखाएर जबरजस्ती करणी गरेको प्रहरी अनुसन्धानबाट खुलेको एसपी श्रेष्ठले बताए ।

केही वर्ष अघिदेखि जबरजस्ती करणी गर्दै आएको थाहा पाएपछि पीडित बालिकाको आमाले प्रहरीमा जाहेरी दिएकी थिइन् । सोही जाहेरीको आधारमा बालिकाको बाबुलाई पक्राउ गरिएको श्रेष्ठले बताए ।

पक्राउ परेका उनीविरुद्ध जिल्ला अदालत कास्कीबाट ७ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप