कोरोना कहरका बीच कार्तिक नाच, १९ तस्बिरमा हेर्नुहोस्
कोरोना कहरणका बीच हरेक वर्ष कार्तिक शुक्लपक्ष द्वादशी तिथिमा मनाइँदै आएको कार्तिक नाच अन्तर्गतको बराह नृत्य मञ्चन गरिएको छ । सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गरेर नृत्य प्रदर्शन गरिएको कार्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारले बताए ।

कोरोना महामारीका बीच पनि पाटनमा अन्य वर्षझैँ यस वर्ष पनि कार्तिक नृत्यलाई निरन्तरता दिन ललितपुर महानगरपालिकाका साथै वडा नं १६ ले आआफ्ना तर्फबाट सहयोग गरेका थिए । मुलुकमा कार्तिक नाचको थालनी भएसँगै इतिहासमा कुनै वर्ष पनि रोकिएको नसुनिएको जानकार बताउँछन् ।

विसं १६९७ पाटनका राजा सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणार्थ सो नाच चलाएको विश्वास गरिन्छ । सो नाच विश्वकै सबैभन्दा लामो भएको जिकिर गरिएको छ । कार्तिक नाच प्रथम पटक पाँच तथा सिद्धिनरसिंहका छोरा राजा श्रीनिवासका पालादेखि ‘बाथःप्याखँ’ अर्थात् ‘लोकनाटक’, ‘सुदामा प्याखँ’ र ‘सुरदास प्याखँ’ थपेर १५ दिन सञ्चालन गरिएको पाटनवासी बताउँछन् ।
















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण