चिनियाँ रक्षामन्त्री जङ्गी अड्डामा : दुई एजेन्डामा छलफल हुने
काठमाडौं । चिनियाँ रक्षामन्त्री जनरल वेइ फेंग्हे नेपाली सेनाको हेडक्रवार्टर जङ्गी अड्डामा पुगेका छन् । आइतबार एक दिने औपचारिक भ्रमणका लागि काठमाडौँ आएका चिनियाँ रक्षामन्त्री र प्रधानसेनापति पूर्णचन्द थापाबीच शिष्टाचार भेट हुँदैछ ।
वेइ फेंग्हेलाई नेपाली सेनाको टुकडीले सम्मानगारत अर्पण गरेको छ । सम्मानगारतपछि प्रधानसेनापति र उनीबीच छोटो शिष्टाचार भेटवार्ता हुने सैन्य प्रवक्ता (सहायकरथी) सन्तोष बल्लभ पौडेलले रातोपाटीलाई जानकारी दिए ।
प्रधानसेनापतिसँगको भेटवार्तासँगै फेंग्हेको डेलिगेशन टिम र नेपाली सेनाको टिमसँग सामूहिक छलफल हुनेछ । नेपाली सेनाले चिनियाँ रक्षामन्त्रीसँग दुईवटा एजेन्डामा छलफल गर्दैछ ।
कोभिड–१९ का कारण प्रभावित सैनिक अफिसरको तालिम कसरी सुचारु गर्ने र यसअघि चीनले घोषणा गरेको दुई अर्ब ४० करोडको सैन्य सहयोगबारे छलफल हुने भएको छ ।
नेपाली सेनाका अफिसरले चीनमा लिने सैन्य तालिम कोभिड–१९ का कारण रोकिएको थियो । ‘अभ्यास सगरमाथा फ्रेन्डसिप’ अन्तर्गत नेपाली र चिनियाँ सेनाले वर्षेनी गर्दै आएको संयुक्त सैन्य अभ्यास पनि स्थगित छ ।
पूर्वरक्षामन्त्री ईश्वर पोखरेल र प्रधानसेनापति पूर्णचन्द्र थापा गत अक्टोवर र जुन ०१९ मा चीन भ्रमणमा जाँदा चिनियाँ सरकारले दुई अर्ब ४० करोड नेपाली रुपैयाँ बराबर आर्थिक सहयोगको घोषणा गरेको थियो ।
सेनाको विपद् व्यवस्थापन क्षमता अभिवृद्धिको लागि दिने भनेको सो रकम चीनले दिन बाँकी छ । त्यसबारे नेपाली सेनाले छलफलको एजेन्डा बनाएको सैन्य प्रवक्ता पौडेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने
-
सफा हिमाल अभियान : सेनाले दुई शव र आठ हजार किलो फोहर उठायो
-
स्वास्थ्य क्षेत्रको जनशक्ति व्यवस्थापनमा सरकारको उपेक्षा
-
गीत विवादमा प्रकाश दुतराज : विकृति–विसङ्गति केलाउन खोजेको हो
-
एमालेले भन्यो– कांग्रेसले मात्तिएर अलोकतान्त्रिक संसदीय अराजकता मच्चायो
-
सरकारले एक करोड ३० लाख युरो स्वीकार गर्ने