पोखरामा ११ वर्षीया अशक्त बालिका बलात्कृत, एकजना पक्राउ
आइतबार, १४ मङ्सिर २०७७, १९ : १३
काठमाडौं । कास्कीमा शारीरिक तथा मानसिक रूपमा अशक्त बालिका बलात्कृत भएकी छिन् । शनिवार दिउँसो पोखरा महानगरपालिकाकी ११ वर्षीया बालिका बलात्कृत भएकी हुन्। बालिका बलात्कारको आरोपमा प्रहरीले धादिङ त्रिपुरासुन्दरी गाउँपालिका(४ घर भइ पोखरा बस्दै आएका २९ वर्षीय दिपक भनिने प्रकाश नेपालीलाई पक्राउ गरेको प्रहरी उपरीक्षक (एसपी) जीवन श्रेष्ठले बताए ।
नेपालीलाई प्रहरीले शनिबार नै पक्राउ गरेको हो । एसपी श्रेष्ठकाअनुसार बालिका घरमा एक्लै भएको मौका पारी ललाइफकाइ नेपालीले उनीमाथि बलात्कार गरेका थिए । सो खबर पाएपछि जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले नेपालीलाई पक्राउ गरेको हो । उनीमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ। ।