कमला नदीमा भूत मेलाः धामीझाँक्रीको घुइँचो, तस्विरमा हेर्नुहोस्
प्रत्येक वर्षजस्तै यस वर्ष कमला नदीको दृश्य रोमाञ्चक बनेको छ । पहेँलो धोती र साडीमा सजिएका धामी–झाँक्रीहरु हातमा बलेको आगोसहितको माटोको ढकना (भाडा) र बेतको लाठी घुमाउँदै कर्कश स्वरमा चिच्यउँदै यहाँ आउने गर्दछन् ।
‘पापकी छय, धर्मकी जय, हई भगतकाली राघो बन्नी’ यसरी आ–आफनो देवताहरुको नाम जम्प्दै नयाँ धामीझाँक्री मिर्दङ (मादल), झ्याली, ढोलपिपहीजस्ता बाजाको तालमा भक्तहरु कर्कश स्वरमा कमला नदीमा सपथ ग्रहण गर्न पुगेका हुन् । सूर्योदयसँगै सोमबार बिहानै हजारौँ नव धामीझाँक्री सिरहा र धनुषाको सीमामा पर्ने कमला नदीको पवित्र जलमा डुबुल्की लगाइ गुरुहरुद्वारा शपथ लिने काम सम्पन्न भएको छ । आइतबार रातिबाटै कमलानदी किनारमा भूत खेल्नेहरुको घुइँचो लागेको थियो ।
आफनो शरीरमा वास बस्न आएका देवतालाई पवित्र पार्न तथा शरीरमा देवीदेवताको स्थानीयवासका लागि कात्तिक पूर्णिमा स्नान गर्ने ती नवधामीझाँक्री कमला नदीको पवित्रजलमा स्नानगरी सपथका लागि आएका हुन । कमला नदीमा आएर सपथ लिए पश्चात नव धामीझाँक्रीहरु पाको हुने जनविश्वास गरिन्छ ।
‘विवाह गरेको तीन वर्ष भइसक्यो तर अहिलेसम्म बच्चा जन्माउन सकेकी छैनन्, दिनदिनै भूत पनि खेल्छे,’ आफ्नी २५ वर्षीया बुहारी सोनिका देवीलाई डोर्याएर कमला नदी किनारमा आएका भारत धनडढीमाई –९ की ५० वर्षिया सासू दुलारीदेवी रामले भनिन्, ’कुन जोगिया (भूतप्रेत पाल्ने) ले जादु टुनामुना गरेको छ त्यही देखाउन ल्याएको ।’
भगताले झारफुक गरेर बच्चा हुन्छ त ? भन्ने प्रश्नको जवाफमा ती वृद्धाले भनिन्, ‘मेरी जेठी बुहारीलाई कमलामाईकी कृपाले छोरा भएको छ, त्यही विश्वासले आएकी हु ।’
विजया दशमीको आगमनसँगै धामीझाँक्री बोक्साबोक्सी सक्रिय हुन्छन् । आश्विन अमावस्यालाई तन्त्र सिद्धिका लागि सर्वोत्तम मानिन्छ । यस अवधिमा सिकारु धामी र बोक्सीहरु रातिराति आ–आफना गुरुसँग मन्त्र सिक्छन्, कालीपूजा अर्थात अमावस्यको राति सिद्धि गर्छन् ।
अन्धविश्वासका कारण वारम्बार बोक्साबोक्सीको नाममा महिलामाथि हुने हिंसा दोहरिरहने महोत्तरी धनुषा सिरहामा रहेका छलफल गोष्ठी सेमिनारमा कमला नदीमा लाग्ने भूत मेलाको दृष्टान्त उठ्ने गरे पनि आधुनिक विज्ञानलाई समेत चुनौती दिने यस्ता घटनाको हालसम्म अनुसन्धान हुन नसकेकोमा उनीहरुले चिन्ता व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण