अभिनेता राहुल रोयलाई ‘ब्रेन स्ट्रोक’, अस्पताल भर्ना
आशिकी फिल्मबाट चर्चाको उत्कर्षमा पुगेका अभिनेता राहुल रोयलाई फिल्मको सुटिङको क्रममा ब्रेन स्ट्रोक भएको छ । उनी हाल मुम्बईको नानावटी अस्पतालमा भर्ना भएका छन् । उनको स्थिती हाल स्थिर बताइएको छ । राहुल कारगितमा फिल्म एलएसीः लिभ द ब्याटलको सुटिङ गरिरहेका थिए । सुटिङकै क्रममा उनको स्वास्थ्य बिग्रिएको थियो र उनलाई अस्पताल भर्ना गरियो ।
सबैभन्दा पहिला नाना पाटेकर र उनका छोरा मलहारले राहुलको मद्दत गरेका थिए । उनीहरुले नै राहुल रोयलाई अस्पताल भर्ना गर्नका लागि फोन गरे ।
सह–कर्मी निशान्तले यसो भनेः
फिल्म एलएसीः लिभ द ब्याटलमा बिग बस फेम अभिनेता निशान्त मलकानी पनि छन् । उनले राहुल रोयको शीघ्र स्वास्थ्य लाभका कामना गरेका छन् । निशान्तले टाइम्स अफ इन्डियासँगको कुराकानीमा भने, ‘घटना मंगलबारको हो । हामी सोमबार राती सुत्न जाँदा सम्म पनि उनी ठिक थिए । मलाई लाग्छ कि उनको स्वास्थ्यमा मौसमका कारण पनि खराबी आयो । हामी सुटिङ गरिरहेको स्थान कारगिलमा तापक्रम –१५ डिग्री सेन्टिग्रेड छ ।
उनले थपे, ‘मंगलबार राहुलको स्वास्थ्य थोरै ठिक थिएन । उनले डायलग राम्रोसँग भन्न नसकेको हामीले थाहा पायौं । उनले डायलग बिर्सिएका होइनन्, उनलाई वाक्य पूरा गर्न गाह्रो भइरहेको थियो । बेलुका हुँदासम्म उनको स्थिती खराब हुन थालिसकेको थियो । ’
राहुललाई कारगिलको मिलिट्री अस्पताल पठाइएको थियो । राहुलको स्थिती बुझ्नका लागि बुधबार बिहान एक सिटी स्क्यान गरिएको थियो । सेनाको मद्दतले बिहिबार हेलिकोप्टरमार्फत् श्रीनगर पुर्याइयो जहाँबाट उनलाई मुम्बईको नानावटी अस्पतालको आइसीयूमा राखिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा