नाट्टा निस्कियो पर्यटन गन्तव्यमा
नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेण्टस (नाट्टा) गण्डकी प्रदेशको आयोजना र नेपाल पर्यटन बोर्डको सहयोगमा पर्यटन पुनरुत्थानका लागि पोखराका पर्यटन व्यवसायी आज प्रदेशका तीन जिल्लाकोस्थलगत भ्रमण निस्किएका छन् ।
चारदिने भ्रमण गोरखा, लमजुङ र तनहुँका पर्यटन गन्तव्यमा केन्द्रित हुने छ । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराईलाई संस्थाको प्रतीकचिह्नाङ्कित ज्याकेट हस्तान्तरण गरेर टोलीलाई बिदाइ गर्दै कोभिड– १९ का कारण सबैभन्दा प्रभावित पर्यटन क्षेत्रलाई अब स्वास्थ मापदण्ड अपनाएर चलायमान गराउनुपर्ने बताए ।
कार्यक्रममा परिषद्का द्वितीय उपाध्यक्ष एवम् भ्रमण कार्यक्रम संयोजक किशोर दाहालले आन्तरिक पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यसहित छिमेकी जिल्लाका पर्यटकीय गन्तव्यको स्थलगत भ्रमण गर्न लागिएको जानकारी दिए । परिषद्का पूर्वअध्यक्ष पशुपति शर्माले छिमेकी जिल्लाका पर्यटकीय गन्तव्यको भ्रमणले आन्तरिक पर्यटनलाई चलायमान गराउने विश्वास व्यक्त गरे ।
नाट्टा गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलले स्वास्थ सतर्कता अपनाउँदै आन्तरिक पर्यटकलाई निम्तो दिन पर्यटकीय गन्तव्यको भ्रमण आयोजना गरिएको बताए । भ्रमणले पोखरा सुरक्षित छ भन्ने सन्देश दिने उनको भनाइ थियो ।
नाट्टा गण्डकीका महासचिव कमला गिरीले तीन जिल्लाका प्रमुख पर्यटकीय गन्तव्य पुगेर स्थानीय पर्यटन ब्यवसायीसँग अन्तरक्रिया गरिने जानकारी दिइन् । उनका अनुसार स्थलगत भ्रमणमा गोरखाका दरबार, मनकामना, बुङ्कोट, वाक्येश्वरी(बक्रेश्वर), बारपाक र लिगलिगकोट, तनहुँका छाब्दीबराह, बन्दिपुर, मानहुँकोटलगायतको अवलोकन गर्न कार्यक्रम छ । टोलीमा सस्थाका सदस्य, सञ्चारकर्मीसहित २४ जनाको सहभागिता छ । हाल संस्थामा आबद्ध ट्राभल्स एजेन्सी १८१ छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज कुन तरकारी तथा फलफूलको कति छ मूल्य ? (सूचीसहित)
-
जेठ १४ गते वागमती सरकारको नीति तथा कार्यक्रम
-
जर्जियामा ‘फरेन एजेन्ट’ विधेयकमा राष्ट्रपतिले लगाइन् भिटो
-
शीर्ष दुई टोलीको भिडन्त : राजस्थानलाई दोस्रो स्थान सुरक्षित गर्ने अवसर
-
कार्यदलको बैठकमा कांग्रेस नेता कार्की पनि थपिए
-
महानगर प्रहरीले चाबहिल चोकका घरहरूमा चलायो डोजर