बिहीबार, ३१ जेठ २०८१
ताजा लोकप्रिय
आईपीएल प्रिभ्यू

शीर्ष दुई टोलीको भिडन्त : राजस्थानलाई दोस्रो स्थान सुरक्षित गर्ने अवसर

आइतबार, ०६ जेठ २०८१, १० : ५३
आइतबार, ०६ जेठ २०८१

गुवाहाटी । इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज डबल हेडर खेलिनेछ। आजको दोस्रो खेल राजस्थान रोयल्स र कोलकाता नाइट राइडर्सबिच हुनेछ ।

खेल बेलुका ७ः४५ बजेदेखि गुवाहाटीस्थित बार्सपारा क्रिकेट रंगशालामा हुनेछ । आज राजस्थानसँग अंक तालिकामा दोस्रो हुने मौका छ । 

379314

टोली १६ अंकसहित तालिकाको तेस्रो स्थानमा छ । दोस्रो स्थानमा रहने टोलीले फाइनल पुग्ने दुईवटा मौका पाउँछ। जबकि तेस्रो स्थानमा रहेको टोलीले फाइनलमा पुग्न २ खेल खेल्नुपर्नेछ ।

  • हेड टू हेड:

कोलकाता र राजस्थानबिच आईपीएलमा हालसम्म जम्मा २९ खेल खेलिएका छन्। जसमध्ये दुवै टोलीले १४–१४ ले जितेका थिए भने एउटा खेल भने नतिजाविहीन बनेको थियो । 

यी दुई टोली सिजनमा दोस्रो पटक भिड्दैछन् । पहिलो खेलमा राजस्थान २ विकेटले विजयी भएको थियो ।

  • बटलर बाहिर, खराब फर्ममा राजस्थान

राजस्थानको टोलीले पछिल्ला दुई खेलमा १ सय ५० रनको आँकडा पार गर्न सकेको छैन । यही बिच टोलीका स्टार ब्याट्सम्यान जोस बटलर राष्ट्रिय जिम्मेवारी पूरा गरी इंग्ल्याण्ड फर्किएका छन् । 

buttler

अब टोलीका शीर्ष तीन ब्याट्सम्यान यशस्वी जैसवाल, सञ्जु सैमसन र रायन परागले ब्याटिङ अर्डरको जिम्मेवारी सम्हाल्नेछन् ।

बलरहरुले उत्कृष्ट प्रदर्शन गरेका छन् । सन्दीप शर्मा, ट्रेट बोल्ट र आवेश खानले लगातार राम्रो बलिङ गरेका छन् । युजवेन्द्र चहलले १३ खेलमा १७ विकेट लिएर स्पिन विभागलाई सम्हालेका छन् ।

  • कोलकातामा गुरबाज फर्किन सक्छन्

कोलकाता १९ अंकसहित शीर्ष स्थानमा छ । टोली जितको गतिलाई निरन्तरता दिन चाहन्छ । 

sunil

इनफर्ममा रहेका ओपनिङ ब्याट्सम्यान फिल साल्ट इंग्ल्याण्ड फर्किएकाले खेलमा सहभागी नहुने भएका छन् । कोलकाताका लागि सुनिल नरेन र साल्टको जोडीले १८२ भन्दा बढीको स्ट्राइक रेटमा सात अर्धशतक र एक शतकसहित ८९७ रन बनाएका थिए ।

साल्टको स्थानमा अफगानिस्तानका विकेटकिपर ब्याट्सम्यान रहमानुल्लाह गुरबाज फर्किने सम्भावना छ । गुरबाजले २०२३ सिजनमा ११ खेल खेलेका थिए । यद्यपि उनले यो सिजन एक खेल पनि खेलेनन्। 

ब्याटिङको जिम्मेवारी कप्तान श्रेयस अय्यर, रिंकु सिंह र आन्द्रे रसेलको अन्तिम जोडीमा हुनेछ । बलिङमा वरुण चक्रवर्तीले उत्कृष्ट प्रदर्शन गर्दै १२ खेलमा १८ विकेट लिएर बलिङ आक्रमणको जिम्मेवारी लिएका थिए ।

  • मौसम

गुवाहाटीमा वर्षाको सम्भावना ५० प्रतिशत रहेकको छ । यसले खेल बिगार्न सक्छ । 

  • पिच रिपोर्टः

बार्सापारा रंगशालाको बाउन्ड्री करिब ६८ देखि ७० मिटर रहेको छ, जसले गर्दा चौका छक्का हिर्काउन सजिलो हुनेछ । पिच ब्याट्सम्यानका लागि अनुकूल छ । तर केही ओभरपछि बलरहरूले थोरै मद्दत पाउनेछन्।

  • सम्भावित प्लेइङ इलेभेन

राजस्थान रोयल्स: यशस्वी जैसवाल, टम कोहलर-क्याडमोर, सञ्जु सैमसन (विकेटकिपर/कप्तान), रायन पराग, ध्रुव जुरेल, रोभमान पावेल, रविचन्द्रन अश्विन, ट्रेन्ट बोल्ट, सन्दीप शर्मा, आवेश खान र युजवेन्द्र चहल।

कोलकाता नाइट राइडर्स: रहमानउल्लाह गुरबाज (विकेटकिपर), सुनिल नरेन, वेंकटेश अय्यर, श्रेयस अय्यर (कप्तान), रिंकु सिंह, नितिश राना, आन्द्रे रसेल, रमनदीप सिंह, मिचेल स्टार्क, हर्षित राना र वरुण चक्रवर्ती।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप