जर्जियामा ‘फरेन एजेन्ट’ विधेयकमा राष्ट्रपतिले लगाइन् भिटो
जर्जिया । जर्जियाकी राष्ट्रपति सालोमे जोउराबिच्भिलीले विवादास्पद ‘फरेन एजेन्ट’ विधेयकमाथि भिटो लगाएकी छिन् ।
संसदले विधेयकलाई पारित गरेयता देशभरमा विधेयकको विरोधमा व्यापक विरोध प्रदर्शन भइरहेको थियो । जोउराबिच्भिलीले यस अघि नै विधेयक उल्ट्याउने वाचा गरेकी थिइन् । उनले लगाएको भिटोलाई संसदले सामान्य बहुमतले उल्ट्याउन सक्नेछ ।
मंगलबार भएको मतदानमा विधेयकको पक्षमा ८४ र विपक्षमा ३० मत खसेको थियो । विदेशबाट २० प्रतिशतभन्दा धेरै लगानी पाउने संघसंस्थाहरुले आफूलाई विदेशी एजेन्टको प्रभावका रुपमा दर्ता गराउन होइन भने जरिवाना बेहोर्ने व्यवस्था विधेयकले गरेको छ ।
विरोधीहरुले जर्जियाले रुसको देखासिकी गरेर सो विधेयक बनाएको आरोप लगाइरहेका छन् । यो विधेयकले जर्जियालाई ईयूको सदस्य राष्ट्र रहिरहन रोक्न सक्ने जोउराबिच्भिलीको भनाइ छ । ईयूले पनि यस्तै खालको चेतावनी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण