सफाइ अभियानको ४०० हप्ता : यस्तो देखियो बागमती (फोटोफिचर)
काठमाडौँ । सरकार तथा नागरिकस्तरबाट थालिएको बागमती सफाइ महाअभियान ४ सय हप्तामा पुगेको छ । फोहोरले भरिएर दुर्गन्धित र कुरुप बनेको बागमती नदीबाट केही भनेपनि फोहोर हटेको छ भने तुलनात्मक रुपमा सफा पानी बग्न थालेको छ ।
पूर्व मुख्यसचिव लिलामणि पौडेलको नेतृत्वमा २०७० साल जेठ ५ गतेदेखि बागमती सफाई महाअभियान सुरु भएको थियो । विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले नियमित शनिवार बागमती नदीका विभिन्न स्थानमा पुगेर सफाइ गर्दै आइरहेका छन् ।

यो अवधिमा बागमती संरक्षणका लागि सचेतना जगाउन तथा नदीमा फ्याँकिएको फोहोर हटाउन उल्लेख्य रुपमा नागरिक सहभागी भएका छन् । यो अभियानमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल टेलिकम, चलचित्र कलाकार संघ, विज्ञापन संघ, विभिन्न कलेजलगायत विभिन्न सामाजिक संघ संस्थाका कर्मचारी तथा प्रतिनिधिहरु सहभागी हुने गरेका छन् ।

लिच्छवीकालभन्दा पहिलेदेखि मानव सभ्यातासँग गाँसिएको नदी सरकारको नीति र शहरबासीको गैरजिम्मेवारीपनाका कारण फोहोरले छोपिएर अस्तित्वविहिन बन्न पुगेको थियो । प्रत्येक शनिवार शनिवार नागरिकस्तरबाट स्वतस्फूर्तरुपमा बागमती सफाई थालेपछि नदीबाट दुर्घन्ध हटेको छ भने नदीमा सफा पानी बग्न थालेको छ ।
नदीका किनारमा विभिन्न संघसंस्थाको पहलमा बगैँचा निर्माण पनि भइरहेको छ । नदी किनारमा २६ वटा पार्क निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

साथै वागमती नदीमा मिसाइने ढल व्यवस्थित गर्नका लागि नदी किनारमा ढलका लागि छुट्टै निकास बनाएर प्रशोधसनपछि नदीमा छोड्ने प्रणालीको पनि स्थापना भइरहेको छ । गुहेश्वरीमा पानी प्रशोधन केन्द्र बनाएपछि पशुपती क्षेत्रस्थित बागमती नदीमा सफा पानी बग्न थालेको छ । यस्तै काठमाडौँको सुन्दरीघाटमा पनि ढल प्रशोधन केन्द्रको निर्माण भइरहेको छ ।

प्रत्येक शनिवार बिहान नागरिकस्तरमा २ घण्टा समय दिएर नदी सफाइ गरिँदै आएको छ । पछिल्लो समय खोलामा फाहोर फ्याँक्नुहुँदैन भन्ने नागरिकहरुमा पनि चेतना बढेको बताइन्छ ।





















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण