शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकीमा तीन सङ्क्रमितको मृत्य

शनिबार, २० मङ्सिर २०७७, २१ : ३३
शनिबार, २० मङ्सिर २०७७

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा तीन जनाको मृत्यु भएको छ भने ११९ जना सङ्क्रमित थपिएका छन् । मृत्यु हुनेमा पोेखरा महानगरपालिका–१७ का ५७ वर्षीय पुरुष, पोखरा–११ का ७२ वर्षीया महिला र पोखरा–१२ का ८० वर्षीय पुरुष छन् । 

योसँगै प्रदेशमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १६६ पुगेको छ । 

प्रदेशमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या १२ हजार ५९८ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए । प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार १४० छ भने सात हजार २९२ निको भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप