शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पर्यटन बोर्डमा मजदूरले तालाबन्दी गर्ने

मङ्गलबार, २३ मङ्सिर २०७७, १८ : ५२
मङ्गलबार, २३ मङ्सिर २०७७

काठमाडौं । पर्यटन मजदुरहरुले बुधबार पर्यटन बोर्डमा तालाबन्दी गर्ने भएका छन् । कोभिड–१९ का कारण बेरोजगार बनेका पर्यटन मजदूरहरुको मागलाई वेवास्ता गरेको भन्दै ६ वटा मजदूर संगठनले मिलेर बोर्डमा तालाबन्दी गर्न लागेका हुन् । आफूले तालाबन्दी गर्न लागेको विषयमा उनीहरुले मंगलबार जिल्ला प्रशासन कार्यालयलाई जानकारी समेत गराइसकेका छन् । 

पर्यटन क्षेत्रमा क्रियाशील अखिल नेपाल पर्यटन मजदूर संघ, समाजवादी पर्यटन मजदूर संघ, नेपाल स्वतन्त्र पर्यटन रुमिक संघ, युनिट्राभ, क्रान्तिकारी पर्यटन मजदूर संघ नेपाल र नेपाल पर्यटन श्रमिक संघले त्यस्तो आन्दोलन गर्न लागेका हुन् । 

मजदूरहरुले कोभिड–१९ पछि बेरोजगार भएका श्रमिकहरुलाई सामूहिक सौदाबजी गरेर न्यूनतम पारिश्रमिकको ग्यारेन्टी गर्नुपर्ने, रोजगारी गुमाएकाहरुलाई मजदूर कल्याणकारी कोषबाट निश्चित ऋण दिनुपर्ने व्यवस्था गर्नुपर्ने लगायतका माग राख्दै आएका थिए । तर बोर्डले माग पूरा गर्नको सट्टा कोषमा भएको रकम समेत अपव्याख्या गरी अन्यत्र खर्च गरिदिएको आरोप उनीहरुको छ । 

शुक्रबार ४८ घण्टे अल्टिमेटम दिएर माग पूरा गर्न दवाव दिएकोमा माग पूरा नभएपछि तालाबन्दी गर्न लागिएको नेपाल पर्यटन श्रमिक संघका अध्यक्ष दीपेन्द्र पाण्डेले बताए । उनले आफ्ना माग पूरा नभएसम्म तालाबन्दी जारी राख्ने समेत बताए । 

ट्रेकिङको क्रममा हराएका मजदूरहरुको उद्दार तथा खोजका लागि भन्दै ट्रेकिङ जाने प्रत्येक पर्यटकबाट १०÷१० डलर उठाएर उक्त कोष बनाइएको थियो । सो कोषमा यसअघि ३२ करोड रुपैंया जम्मा भएको थियो । कोषका प्रमुख कार्यकारी अधिकृतले कोषको रकम मजदूरको हितका लाथि खर्च गर्नुको सट्टा आफूखुसी व्याख्या गर्दै अन्यत्र खर्च गरेकोमा समेत मजदूरहरु आक्रोशित भएका छन् ।  नेपाल पर्यटन श्रमिक संघका अध्यक्ष पाण्डेले उक्त कोषमा अहिले १०/११ करोड मात्रै रहेको बोर्डका सीईओले आफूखुसी २० करोड रुपैंया सिध्याएको आरोप लगाए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप