एक घरमा आगलागी हुँदा १३ लाख बराबरको क्षति
बुधबार, २४ मङ्सिर २०७७, ०८ : २५
पाँचथरको फिदिम नगरपालिका–४ को एक घरमा आगलागी हुँदा रु १३ लाख बराबरको क्षति भएको छ ।
मङ्गलबार साँझ ६ बजे फिदिम–४ गढीका सोमनाथ ढकालको घरमा विद्युत सर्ट भई आगलागी भएको हो ।
आगलागीबाट ढकालको दुई तले कच्ची घर तथा घरमा रहेका सम्पूर्ण सामग्री, नगद करीब रु। एक लाख, पाँच तोला सुनसमेत जल्दा करीब रु १३ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
आगलागी फिदिम नगरपालिकाका दुई वटा वारुण यन्त्रको सहायतामा सुरक्षाकर्मी, स्थानीयवासीलगायतले नियन्त्रणमा लिएको प्रहरी जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा