खुल्यो मस्जिद, भौतिक दूरी कायम र मास्कमा यसरी पढियो नमाज (फोटोफिचर)
कोरोनाभाइरसको महामारीका कारण झण्डै ९ महिनायता बन्द रहेको राजधानीको मस्जिद खुला गरिएको छ । शुक्रबारदेखि मस्जिदसँगै मदरसाहरु समेत खुला गरिएको हो ।
अब मुस्लिम समूदायले नियमित रुपमा पढ्ने ५ टाइमको नमाज र शुक्रबारका दिन पढिने जुमाको नमाजमा भौतिक दुरी कायम गरी पढ्न पाइनेछ । यस्तै मस्जिदमा नमाज पढ्न जानका लागि मास्क अनिवार्यरुपमा लगाउनुपर्ने छ ।
यस्तै मस्जिद प्रवेश गर्नुअघि तापक्रम नाप्ने गरिएको छ भने आवश्यक स्वास्थ्य मापदण्ड पालना पनि गर्नुपर्नेछ ।
शुक्रबार मस्जिद खुलेसँगै नमाज पढ्नका लागि जामे मस्जिद पुग्ने मुस्लिम धर्मावलम्बीहरु खुसी देखिन्थे । उनीहरुले लामो समयपछि मस्जिदमा गएर नमाज पढ्न पाउँदा निकै खुसी लागेको प्रतिक्रिया दिए ।
यसैबीच मुस्लिम आयोगले कोरोनका कारण नियमित रुपमा पढ्ने नवाज, शुक्रबार पढिने जुम्माको नवाज, रमजान महिनामा पढिने तरावी नवाज घरमा नै पढी धार्मिक कार्यमा सहभागी हुने सबै मुस्लिम समुदायलाई धन्यवाद ज्ञापन गरेको छ ।
यस्तै आयोगले मस्जिदहरु खुलेसँगै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै नमाज पढ्न पनि सम्बन्धित सबैलाई अनुरोध गरेको छ ।















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण