बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

स्थायी समिति बैठकद्वारा ओलीको कदमको विरोध, कानुनी उपचार खोज्ने निर्णय

आइतबार, ०५ पुस २०७७, १७ : ४५
आइतबार, ०५ पुस २०७७

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको कडा आलोचना गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी अध्यक्ष केपी शर्मा ओली बिनै बसेको स्थायी समिति बैठकले ओलीले संसद विघटन गरेकोप्रति विरोध गर्दै त्यसविरुद्ध कानुनी उपचार खोज्ने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 
यस्तै ओलीलाई अनुशासनको कारबाही गर्ने सम्बन्धमा केन्द्रीय समितिमा प्रस्ताव लगिने भएको छ भने त्यसका लागि पुस ७ गते काठमाडौंमा बैठक बोलाइएको छ । 
संसद विघटन गरेर ओलीले बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धीमा प्रहार गरेको बैठकले ठहर गरेको छ । 
यस्तै राष्ट्रपतिले पनि असंवैधानिक कदम चाल्नु आपत्तिजनक भएको बैठकले ठहर गरेको छ । प्रवक्ता श्रेष्ठले भने, ‘संसद विघटनको निर्णयलाई राजनीतिक रुपमा अस्वीकार गर्दै कानुनी उपचार खोज्ने बैठकले निर्णय गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप