एसीसीएद्वारा महालेखाका २० कर्मचारीलाई अध्ययनवृत्ति प्रदान
काठमाडौं । एनसीए कलेज अफ म्यानेजमेन्ट र सार्वजनिक खर्च तथा वित्तीय उत्तरदायित्व सचिवालय बीच महालेखा नियन्त्रक तथा महालेखा परीक्षक कार्यालयका २० जना कर्मचारीका लागि एसीसीए अध्ययन अवसर प्रदान गर्न सम्झौता भएको छ ।
सम्झौताबाट नेपाल सरकारको महालेखा नियन्त्रक कार्यालय तथा महालेखापरीक्षकको कार्यालय अन्तर्गत विभिन्न विभागमा कार्यरत नायब सुब्बादेखि उप–सचिवहरु तहसम्मका कर्मचारी लाभान्वित हुनेछन् । यसरी लाभान्वित हुने कर्मचारीहरूलाई अन्तर्राष्ट्रिय लेखामान, बित्तिय विवरण तयारी र त्यसको प्रस्तुतिका लागि सहयोग पुग्नेछ ।
अन्तर्राष्ट्रिय लेखामानको उपयोग लगायत समग्र लेखा परीक्षण सम्वन्धी दक्ष जनशक्ति तयार पार्ने उद्देश्यले यो सम्झौता भएको हो । विश्व बैंकको दाताको संयुक्त कोष तथा यो परियोजना विश्व बैक तथा नेपाल सरकारको लगानीमा सञ्चालित एकिकृत सार्वजनिक वित्तीय ब्यवस्थापन सुधार परियोजनाअन्तर्गत यो सम्झौता गरिएको हो ।
औपचारिक कक्षा सञ्चालन पूर्व आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा सार्वजनिक खर्च तथा वित्तीय उत्तरदायित्व सचिवालय संयोजक ज्ञानेन्द्र पौडेलले अध्ययन सहयोगले राष्ट्रसेवक कर्मचारीको क्षमता अभिबृद्धि, बृत्ति विकास, समग्र सार्वजनिक वित्तीय प्रणाली तथा लेखा परीक्षणलाई अन्तर्राष्ट्रिय मापडण्ड अनुसार सुधार गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास ब्यक्त गरे ।
यसैगरी सचिवालयका सदस्य सचिव गोरख शाहीले सहभागीहरूका लागि अध्ययवृत्ति महत्वपूर्ण अवसर भएको बताउँदै अध्ययनलाई प्रभावकारी बनाउन समय ब्यवस्थापन र मेहनतको खाँचो रहेको औँल्याए ।
कलेजका अध्यक्ष सुरेश पण्डितले परियोजनालाई कलेजले महत्वका साथ लिएकाले यसलाई सफल गराउन कलेज प्रतिवद्ध रहेको जोड दिए ।
एनसीए कलेज अफ म्यानेजमेन्ट नेपाली विद्यार्थीले नेपालमै बसेर पनि विश्वस्तरीय गुणस्तरीय अध्ययन गर्न पाउन भन्ने उद्देश्यका साथ स्थापित नेपालको सबै भन्दा पुरानो ए.सी.सी.ए. अध्यापन गराउने शैक्षिक संस्था हो । कलेजले १६ बर्ष देखि नेपाली विद्यार्थीहरुलाई थोरै लागतमा गुणस्तरीय ए.सी.सी.ए. कक्षा सञ्चालन गराउँदै आएको छ ।
सन् २०१० मा कलेजको अध्ययन/अध्यापनको गुणस्तर मापन गरी द एशोशिएसन अफ चार्टर्ड सर्टिफाईड एकाउन्टेण्डस्ले आधिकारिक मान्यताप्राप्त सिकाइ सहयात्रीको स्वर्ण दर्जाको मान्यता दिएको छ । नेपाल सरकार शिक्षा मन्त्रालयबाट ए.सी.सी.ए. तयारी कक्षा सञ्चालन गर्न स्वीकृत प्राप्त गर्ने यो नेपालको पहिलो स्वर्ण दर्जाको कलेज हो ।
ए.सी.सी.ए. संयुक्त अधिराज्य बेलायतको द एशोशिएसन अफ चार्टर्ड सर्टिफाईड एकाउन्टेण्डस्द्वारा सञ्चालित चार्टर्ड एकाउन्टेन्सी कोर्स हो । यो कोर्स संसारका १८० देशमा अध्ययन/अध्यापन गरिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्टरपोलबाट रेड नोटिस जारी भएका दुई फरार व्यक्ति युएईबाट पक्राउ
-
सरकारले किन फिर्ता लियो राजनीतिक दलसम्बन्धी विधेयक ?
-
बिर्सेर पनि फ्रिजमा राख्नुहुन्न यी पाँच फल
-
सहकारी प्रकरणबारे छानबिन समिति गठन हुनुपर्ने मागमा पाँच दल एकमत
-
संसद् भवन प्रवेश गर्ने गेटमा सुरक्षा कडाइ (तस्बिरहरू)
-
ऐश्वर्या रायका कान्स लूक (तस्बिरहरू)