शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

अर्बौंका मालिक हुन् सलमान खान, थाहा पाउनुस् कहाँबाट गर्छन् कमाई

सोमबार, १३ पुस २०७७, ०९ : ००
सोमबार, १३ पुस २०७७

सलमान खान बलिउडका सबैभन्दा सफल अभिनेतामध्ये एक हुन् । बक्स अफिसमा सलमान खानको फिल्म सफल हुने ग्यारेन्टी नै मानिन्छ । ३० वर्षभन्दा बढीको करियमा सलमान खानले थुप्रै सुपरहिट र ब्लकबस्टर फिल्म दिएका छन् । सलमान  बलिउडका मात्रै होइनन् संसारका सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेतामा पर्छन् । फोर्ब्स इन्डियाको सय सेलिब्रिटीको सूचीमा सलमान खान लगातार तेस्रो वर्ष शीर्ष स्थानमा रहे । २७ डिसेम्बरमा बलिउडका सुल्तान भनिने सलमानले आफ्नो ५५ वसन्त पार गरेका छन् । 

सलमान खानको ब्रान्ड भ्यालूलाई देखेपछि उनका प्रशंसकको मनमा आखिर सलमान खान कति सम्पत्तिका मालिक होलान् भनेर प्रश्न उब्जन्छ । यसको कुनै सिधा र स्पष्ट आँकडा त छैन तर विभिन्न मिडिया रिपोर्टका अनुसार सलमानको सम्पत्ति २ हजार करोडदेखि ३ हजार करोड भारुको बीचमा हुनसक्छ । यसै वर्ष जनवरीमा गल्फ न्यूजले बलिउड सेलिब्रिटीको कूल सम्पत्तिको विषयमा एउटा सूची नै जारी गरेको थियो जस अनुसार सलमानको कूल सम्पत्ति २६० मिलिडन डलर आँकलन गरिएको छ । यदि यसलाई नेपाली रुपैयाँमा हेर्ने हो भने यो ३० अर्ब भन्दा बढी हुन्छ ।

सन् २०१८ मा फोर्ब्सको सेलिब्रिटी १०० सूचीमा सलमान खानलाई सबैभन्दा धनी भारतीय सेलिब्रिटी घोषित गरिएको थियो । यसअघि सन् २०१६ र सन् २०१७ मा पनि सलमान खानले यो सूचीमा शीर्ष स्थान हासिल गरेका थिए । फोर्ब्सको रिपोर्टमा १ अक्टोबरदेखि ३० सेप्टेम्बर २०१८ बीच सलमान खानले २५३ करोड भारु कमाई गरेको जानकारी दिइएको छ । सलमानको कमाईमा टाइगर जिन्दा हे र रेस थ्रीको योगदान रह्यो । सलमानको ग्यालेक्सी अपार्टमेन्टमा घर छ । यसबाहेक पनवेलमा एउटा आलिशान फार्म हाउस छ । थुप्रै महँगा कार र मोटरसाइकलका उनी मालिक हुन् । 

फिल्ममा अभिनयः

सलमान खान इन्डष्ट्रिका सबैभन्दा महँगा कलाकारमा समावेश छन् । अगस्टमा सार्वजनिक भएको फिल्मफेयरको रिपोर्ट अनुसार सलमान एक फिल्मका लागि कम्तीमा ५० करोड पारिश्रमिक लिने गर्छन् । पारिश्रमिकबाहेक उनी निर्मातासँग प्रोफिट सेयरिङ पनि गर्छन् । बक्स अफिस कलेक्सनबाहेक सलमान विभिन्न राइट्सबाट हुने लाभबाट हुने आफ्नो हिस्सा लिन्छन् । 

टिभी शो होस्टिङः

सलमान खान पछिल्लो केही वर्षदेखि सानो पर्दामा पनि सक्रिय छन् । कलर्स टिभीको शो बिग बसको होस्टिङबाट सलमान खानले मनग्गे कमाउँछन् । पिंकभिल्लाको एक रिपोर्टमा स्रोतलाई उद्धृत गर्दै बिग बस १३ का लागि सलमान खानले लगभग १३ करोड भारु प्रतिदिन चार्ज गर्ने गर्दथे र लगभग २ सय करोड उनले यो सिजनमा कमाएको जानकारी दिइएको छ । 

फिल्म निर्माणः

सलमान खानले केही वर्ष अघि आफ्नो ब्यानर सलमान खान फिल्म्स लञ्च गरेका छन् जसमार्फत् उनी फिल्म निर्माण गर्छन् । सलमान साना फिल्मलाई पनि समर्थन गर्छन् । सलमानले जीफाइभको फिल्म कागजलाई प्रस्तुत र निर्माण गरेका हुन् । यसमा पंकज त्रिपाठी मुख्य भूमिकामा छन् । यस्तै उनी आफ्ना ज्वाईं आयुष शर्मालाई मुख्य भूमिकामा लिएर अन्तिमः द फाइनल ट्रूथको निर्माण पनि गरिरहेका छन् । 

टिभी शोः

सलमान खान छोटो पर्दाका लागि पनि कार्यक्रम निर्माण गरिरहेका छन् । सोनी टिभीमा प्रसारण भइरहेको द कपिल शर्मा शोलाई यसपटक सलमान खानले नै निर्माण गरिरहेका छन् । 

विज्ञापनः

फोर्ब्सको सूची अनुसार सन् २०१७ अक्टोबर १ देखि २०१८ को बीचमा सलमानले ब्रान्ड इन्डोर्समेन्ट (विज्ञापन) मार्फत् अत्यधिक कमाई गरेका थिए । सन् २०१८ मा जारी फोर्ब्सको सेलिब्रिटी १०० सूचीका अनुसार सलमानले आफ्नो कूल कमाई ३,१४० करोडको ८.०६ प्रतिशत ब्रान्ड एन्डोर्समेन्टमार्फत् कमाएका थिए । 

सलमान सामाजिक कार्यका लागि पनि निकै चर्चित छन् र बिइङ ह्यूमनमार्फत् विभिन्न क्षेत्रमा मद्दत गर्छन् । सलमानको कमाईको एउटा ठूलो हिस्सा बिइङ ह्यूमनका लागि जान्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप