ad
केन्द्रीय संस्करण
कोरोनाभाइरस

संक्रमितको संख्या घट्दै जाँदा गम्भीर बिरामीको संख्या घटेन !

प्रियजन भन्छन् : म कोरोना संक्रमण भएर मरे नि मर्छुु तर अन्तिम पटक शवलाई छुन्छुु, हेर्छु

person explore access_timeपुस १५, २०७७ chat_bubble_outline0

 

 

नेपालमा महामारी फैलिएको लामो समयसम्म धेरै अस्पतालहरुले कोभिड बिरामीको उपचार गर्न तयार भएनन् । सरकारको दवाबपछि मात्रै सरकारी तथा निजी अस्पताल कोभिड बिरामीको उपचारमा संलग्न भए । तर, महामारीको सुरुवाती चरणमै ललितपुरस्थित पाटन अस्पताल भने कोभिड र नन्—कोभिड दुवै थरी बिरामीलाई निरन्तर सेवा दिँदै आइरहेको छ । गत चैत्रयता कोभिड बिरामीलाई सेवा दिन थालेपछि धेरै अस्पताल र अस्पतालका विभिन्न उपचार कक्ष बन्द भए । लामो समयसम्म बिरामी उपचार सेवाबाट बञ्चित भए । सरकारले संक्रमितको उपचारको लागि निर्देशन दिनुभन्दा पहिला नै पाटन अस्पतालले डिजास्टर म्यानेजमेन्ट निर्देशिका निर्माण गरेर बिरामीलाई सेवा दिने योजना बनाएको निर्देशक डाक्टर रवि शाक्य सम्झन्छन् । सरकारले कोरोना संक्रमितको उपचारको लागि निर्देशन दिनुभन्दा अघि कोभिड र नन्—कोभिडको बिरामीको उपचारका लागि अस्पताल तयार थियो । संक्रमणको सुरुवाती दिनहरुको सम्झना गर्दै शाक्य भन्छन् :अस्पताल आउने प्रत्येक बिरामीको स्क्रिनिङ गर्ने, स्क्रिनिङ गर्दा ज्वरो आएका बिरामीलाई छुट्टै ज्वरो क्लिनिक सञ्चालन गर्यौं । कोभिडका बिरामीका छुट्टै भवनमा उपचार गर्न सुरु गर्‍यौं । नन्—कोभिड तर्फ उपचार गर्न आउनेहरुलाई पनि यात्रा इतिहास सोधेर उपचार कक्ष लग्यौं ।’ तर, नन्कोभिड तर्फ आउने बिरामीको लक्षणको आधारमा पुनः यात्रा इतिहास खोतल्दा जोखिम क्षेत्रबाट आएको हो भनेर सोधेपछि मात्रै उनीहरुले मुख खोल्दा पटकपटक अस्पतालले समस्या भोगेको उनले सुनाए । सायद उपचार पाउँदिन कि भन्ने डरले होला जोखिम क्षेत्रबाट आएर स्वास्थ्यमा समस्या देखिँदा समेत त्यो ठाउँबाट आएको भन्ने कुरा कमै विरामीले मात्रै बताउने गर्थे ।

‘पाटन अस्पतालले कुनै पनि वहानामा बिरामी   उपचारबाट बञ्चित हुन हुँदैन भन्ने ध्येयले  निरन्तर लागि परेको’ उनले सुनाए । सरकारले कोभिडको उपचारको लागि हव सेन्टरका रुपमा पाटन अस्पताल भनिदिएपछि भने नन्—कोभिडका बिरामी उपचार गर्न आउनै डराएको पनि उनी सम्झन्छन् । आजको दिनसम्म पनि धेरै नन्—कोभिडका बिरामी पाटनमा कोभिडको मात्रै उपचार हुन्छ वा आफू पनि संक्रमित पो होइन्छ कि भन्ने डरले मानिसहरु उपचार गर्न आउन डराउने गरेको उनको अनुभूति छ ।

तर ‘पाटन अस्पतालले कुनै पनि वहानामा बिरामी   उपचारबाट बञ्चित हुन हुँदैन भन्ने ध्येयले  निरन्तर लागि परेको’ उनले सुनाए । सरकारले कोभिडको उपचारको लागि हव सेन्टरका रुपमा पाटन अस्पताल भनिदिएपछि भने नन्—कोभिडका बिरामी उपचार गर्न आउनै डराएको पनि उनी सम्झन्छन् । आजको दिनसम्म पनि धेरै नन्—कोभिडका बिरामी पाटनमा कोभिडको मात्रै उपचार हुन्छ वा आफू पनि संक्रमित पो होइन्छ कि भन्ने डरले मानिसहरु उपचार गर्न आउन डराउने गरेको उनको अनुभूति छ । ‘कोभिड, नन्—कोभिड उपचारका बारेमा सन्देश प्रष्ट दिन नसकेकाले उपचारमा चुनौति थपिदैँ गएको’ डा. शाक्य बताउँछन् ।  कोभिड वार्ड भनेर सञ्चालन गरे पनि सो वार्ड आफैँ  विभिन्न विशेषज्ञ सेवा दिने वार्ड बनेको उनले बताए । प्रसूति, डायलाइसिस गर्नुपर्ने बिरामी संक्रमित भएर उपचार गर्न आएपछि कोभिड वार्डमा ती सेवा दिइरहेको उनले बताए । यस्तै कोभिड भएका बालबालिका, मिर्गौला  र प्रसूति गर्नुपर्ने बिरामीलाई छुट्टै वार्ड बनाएको निर्देशक डा. शाक्यले बताए ।  होमो डाइलाइसिस गर्दै आएका कोभिड संक्रमित बिरामीलाई ३ वटा मेसिन नै  छुट्याएको पनि उनले जानकारी दिए । शाक्यको बुझाइमा वर्तमान समयमा संक्रमितको संख्या कम हुँदै गएपनि गम्भीर बिरामीको संख्यामा कमी आएको छैन ।

कोभिड र नन्— बिरामीको उपचारलाई सफलतापूर्वक अघि बढाइरहेको आएको पाटन अस्पतालले कसरी सेवा प्रदान गरिरहेको छ र कोभिड तथा ननकोभिड विरामीहरुको व्यवस्थापन कसरी गरेको छ भन्ने सन्दर्भमा निर्देशक डा. शाक्य यो भन्छन् :

कोरोना संक्रमित भएर गम्भीर अवस्थामा पुगेर अस्पताल भर्ना भएका धेरै बिरामीलाई बचाउन सकेका छैनौं । संक्रमण भई गम्भीर समस्या देखिएपछि अस्पताल आएका बिरामीलाई भेन्टिलेटरमा राखे पनि बचाउन मस्किल भयो । भेन्टिलेटरमा उपचार गराएकामध्ये हालसम्म २ दुई जना मात्रै बाँचेका छन् ।

 रोग नै नयाँ भएकाले कोरोनसँग जोगिएर बिरामीको कसरी उपचार गर्ने भन्ने बारेमा सुरुवाती समयमा ठूलो चुनौती भयो । कोरोना परीक्षण, कोरोना संक्रमितको उपचारको लागि नयाँ वार्ड, नयाँ आइसियू, भेन्टिलेटर तथा अन्य स्वास्थ्य सामग्री अस्पताललाई जुटाउन गाह्रो भयो । वर्तमान समयसम्म पनि कोेभिड, नन्—कोभिड बिरामी उपचार गर्न चुनौतीका चाङ छन् ।

गम्भीर बिरामीलाई बचाउन मुस्किल

कोरोना संक्रमित भएर गम्भीर अवस्थामा पुगेर अस्पताल भर्ना भएका धेरै बिरामीलाई बचाउन सकेका छैनौं । संक्रमण भई गम्भीर समस्या देखिएपछि अस्पताल आएका बिरामीलाई भेन्टिलेटरमा राखे पनि बचाउन मस्किल भयो । भेन्टिलेटरमा उपचार गराएकामध्ये हालसम्म २ दुई जना मात्रै बाँचेका छन् । पाटन अस्पतालमा संक्रमितको मृत्यु दर हेर्दा स्थिति चिन्ताजनक नै छ ।

यस अस्पतालमा हालसम्म करिब २ दुई सय जनालाई भेन्टिलेटरमा राखिएको छ ।  संक्रमतिका कुरुवालाई अस्पतालमा राख्न नपाउने स्थितिले पनि थप धेरै गाह्रो भयो । अन्य बिरामीलाई झंै संक्रमितलाई उपचार गराएको कक्षमा तिनका आफन्त नातेदारलाई राख्न मिलेन । कतिपय कोरोना संक्रमित बिरामी आफ्नो हेरचाह आफैँ गर्न नसक्ने अवस्थाका हुन्छन्, अझ कोही बिरामी त वेहोस नै हुने गर्छन् । त्यस्तो अवस्थामा अस्पताललाई ठूलो समस्या भयो । आइसियूमा उपचार गरिरहेका बिरामीलाई हेर्नका लागि एक जना नर्सले ३ जना बिरामीलाई सेवा दिए । तर, बिरामीको कुरुवा नहुँदा खानपान, दिसापिसाब, लुगा फेरिदिने जस्ता कुरामा अप्ठयारो भयो । कोरोना संक्रमित बिरामी धमाधम थपिएर २ सय ५० सम्म पुग्दा त जति जनशक्ति भएपनि धान्न धेरै समस्या भयो । एउटै परिवार सदस्यमध्ये वृद्ध आमा, बालाई संक्रमण भएसँगै छोराछोरी संक्रमित भएका लक्षण नदेखिएका छन् भने अस्पतालमा बसेर स्याहारसम्भार समेत गरे ।

कतिपय कोरोना संक्रमित बिरामी आफ्नो हेरचाह आफैँ गर्न नसक्ने अवस्थाका हुन्छन्, अझ कोही बिरामी त वेहोस नै हुने गर्छन् । त्यस्तो अवस्थामा अस्पताललाई ठूलो समस्या भयो । आइसियूमा उपचार गरिरहेका बिरामीलाई हेर्नका लागि एक जना नर्सले ३ जना बिरामीलाई सेवा दिए । तर, बिरामीको कुरुवा नहुँदा खानपान, दिसापिसाब, लुगा फेरिदिने जस्ता कुरामा अप्ठयारो भयो ।

नेपालीको चलन आफन्त बिरामी भएमा भेट्न जाने परम्परा छ । कोरोना महामारीको समयमा अस्पताल बाहिर लाइनमा बसेर यति नम्बरको बेडको बिरामीलाई खानेकुरा पुर्याइदिनुस् भन्नेहरुको छुट्टै लाइन नै सुुरु भयो । कोरोना संक्रमण भएपछि आयुुर्वेदजन्य जडीबुुटी सेवन गर्नुपर्छ भन्ने धारणाको बिकास भएकाले त्यसबाट पनि अस्पतालमा आफन्तको भीड झनै थपियो । ती भीडहरुको व्यवस्थापन आफैंमा एउटा समस्या थियो । त्यसलाइ पनि  अस्पतालले जेनतेन  व्यवस्थापन गर्यो ।

खानपानका चित्त बुुझाउन सकेनौं

संक्रमित २ सय  ५० जनाको उपचार गरिरहरेका थियौं ।

हरेक बिरामीको इच्छाआकाङक्षाअनुसार तिनलाई तथा तिनका आफन्तजनलाई चित्त बुुझाउन सकिएन । हरेक बिरामीका माग फरक फरक  हुने गर्थे । खानपानका बारेमा हरेक बिरामीको आफ्नै आदत र धारणा थिए । बाहिरबाट एक पटक खाना ल्यायो । त्यो भाडालाई डिसइन्फेक्सन गर्नुपर्याे । खाना ल्याउने ठाउँबाट मेरो भाडा खोई भन्छ । बिरामीका आफन्तले खाना तथा जरीबुटीजन्य औषधि बोकेर ल्याएका भाडाको थुप्रो लाग्न थाल्यो । त्यस्ता साना साना कुराको व्यवस्थापन गर्ने कुराले झन धेरै गाह्रो पर्ने रहेछ ।

बिरामीका आफन्तलाई सूचना दिन गाह्रो भयो

वर्तमान समयसम्म पनि संक्रमित बिरामीमा आफन्तलाई स्वास्थ्य अवस्थाका बारेमा जानकारी दिन गाह्रो भएको छ ।  संक्रमित थोरै हुँदा सजिलै थियो । सुुरुमा ५ जना १० संक्रमितको उपचार गर्दा आफन्तलाई स्वास्थ्य अवस्थाका बारेमा जानकारी दिन सहज थियो । क्रमशः बिरामीको संख्या बढ्दै गयो । भित्र सीमित संख्याका  चिकित्सकले धेरै बिरामीको उपचार गर्नुपर्ने, त्यसपछि बाहिर आएर सबै बिरामीको बारेमा याद नहुने । एक त रोगको आफ्नै जटीलता र विरामीको उपचारको चाप, त्यसमाथि थप बाहिर आएर कुन बिरामीका कुन आफन्त हुन्, कुन बिरामीको अवस्था कस्तो छ भन्ने बारेमा अल्मल्ल : त्यो स्थितिले गर्दा बाहिर बिरामी आफन्तलाई जानकारी दिन असहज भयो । उपचार कक्ष भित्रको बिरामीको रेकर्ड फाइल बाहिर ल्याउन पनि नमिल्ने । त्यसैले बिरामीका सम्बधित परिवारलाई बुुझाउन गाह्रो भयो । बिरामी बढ्दै गएपछि आइसियूमा उपचार गराइरहेका बिरामीका आफन्तलाई मात्रै जानकारी दिन थालियो । पछिल्लो समय फेरि भएका सबै आइसियू पनि भरिन थाले । यो समस्या अझै पनि कायम छ । अस्पतालले कसरी संक्रमित बिरामीले आफन्तसँग मनका कुरा साट्न पाउछन् ? भन्ने कुरा सोच्दै जाँदा इन्टरनेटको व्यवस्था गर्याै ।  त्यसपछि धेरै बिरामीले आफन्तसँग बोल्ने, गीतसंगीत सुन्ने, मनमा उत्साह जगाउने सामग्री हेर्न थालेपछि उनीहरुले केही सहज अनुभव गरेको हामीले पायौं ।

बिरामी बढ्दै गएपछि आइसियूमा उपचार गराइरहेका बिरामीका आफन्तलाई मात्रै जानकारी दिन थालियो । पछिल्लो समय फेरि भएका सबै आइसियू पनि भरिन थाले । यो समस्या अझै पनि कायम छ ।

शव व्यवस्थापनमा समस्या

शुरुवात कालदेखि नै सबैभन्दा बढी संक्रमितको उपचार गर्दै आइरहेको स्थल हो पाटन अस्पताल । स्वभाविक रुपमा नै नेपालमा सबैभन्दा बढी संक्रमितको मृत्यु हुने अस्पताल मध्ये पाटन अस्पताल पनि एक होला । कतिपय समयमा त एकै दिनमा ४÷५ जनाको मृत्युसमेत भयो । शव व्यवस्थापन सरकारले निर्धारण गरेको  निर्देशिका अनुुसार नेपाल सेनाले गर्छ । तर आर्मी केही कारणले शव व्यवस्थापन गर्नका लागि आउन केही ढिला भयो भने विभिन्न समस्या सृजना हुन्छन् । संक्रमितका आफन्त शव गृहभित्र छिरेर अन्तिम पटक  म हेर्छु भन्ने चाहना हुन्छ, जुन स्वभाविक पनि हो । तर रोगका जटीलताका कारण हामीले त्यसो गर्न दिन मिल्दैन । त्यो स्थितिमा जति सम्झाए पनि त्यो चरम शोकको अवस्थामा कुरा नबुझिदिँदा स्थिति सम्हाल्न गाह्रो हुने । म   कोरोना संक्रमण भएर मरे नि मर्छुु तर, अन्तिम पटक  शवलाई छुन्छुु हेर्छु भन्नेहरु पनि हुन्छन् । त्यो स्थितिमा हामीले नचाहँदा नचाहँदै पनि कतिपय अवस्थामा बलको प्रयोग गर्नुपर्याे । निधन भएका आफन्तजनको शवमा अन्तिम श्रद्धान्जली प्रदान गर्न पाउनु प्रियजनको अधिकारको र भावनात्मक प्रेमको कुरा पनि हो । यो कुरालाई हल गर्न हामीले नेपाल सेनासँग सल्लाह र समन्वय गरेर शवको अन्तिम दाहासंस्कार गरिने स्थलमा सुरक्षित तरिकाले आफन्तलाई अन्तिम दर्शन र बिदाई गर्न पाउने व्यवस्था मिलायौं ।

निधन भएका आफन्तजनको शवमा अन्तिम श्रद्धान्जली प्रदान गर्न पाउनु प्रियजनको अधिकारको र भावनात्मक प्रेमको कुरा पनि हो । यो कुरालाई हल गर्न हामीले नेपाल सेनासँग सल्लाह र समन्वय गरेर शवको अन्तिम दाहासंस्कार गरिने स्थलमा सुरक्षित तरिकाले आफन्तलाई अन्तिम दर्शन र बिदाई गर्न पाउने व्यवस्था मिलायौं ।

शव व्यवस्थापन गर्न अर्काे मुख्य चुनौती भनेको संक्रमित भएर उपचार गर्न आएकाका मृत्युपछि पिसिआर नेगेटिभ आउनु पनि हो । कतिपय विरामीहरुको उपचारको क्रममा अस्पतालमा मृत्यु हुुन्छ । तर, मृत्यु भइसकेपछि पिसिआर रिर्पोट नेगटिभ आउछ । कहिलेकाही बिरामी स्वास्थ्यमा समस्या देखिएर १० दिनपछि आयो भने पनि पिसिसार रिर्पोट नेगेटिभ आउन सक्छ । पिसिआर दिने नतिजा १०० प्रतिशत सही पनि हुँदैन । चिकित्सकहरुले लक्षण र समस्याको पहिचानको आधारमा कोभिड भनेर ठम्याउँछन् तर, पिसिआर रिपोर्ट भने नेगेटिभ पनि आउँछ । कुनै संक्रमितको कोभिड वार्डमा मृत्यु हुन्छ ।  तर, पिसिआर रिपोर्ट नेगेटिभ आउँछ । यो स्थितिमा शव व्यवस्थापन गर्न धेरै समस्या हुन्छ । शव व्यवस्थापन निर्देशिकामा पिसिआर पोजेटिभ भएका शवको मात्रै आर्मीले व्यवस्थापन गर्न भनिएको छ । कोभिड वार्ड मृत्यु भएको शव परिवारलाई आर्मीले व्यवस्थापन गर्छ भन्छौं । तर, पछि पिसिआर गर्दा रिपोर्ट नेगेटिभ आउदा आर्मीले शव व्यवस्थापन गर्न मान्दैन । यो स्वभाविक पनि हो । किनभने प्रोटोकलले पनि त्यही भन्छ । 

रेम्डेसिभिर औषधिको लागि पहुँचवालाको दवाब

रेम्डिेसिभिर औषधी कोरोनाको उपचारमा प्रभावकारी हुन्छ भन्ने अहिलेसम्मको मान्यता हो । उक्त औषधीलाई कोरोना निको हुने औषधि ठान्दा बाहिरबाट आउने दवाबलाई थाम्न गाह्रो भयो । सरकारले संक्रमित बिरामीको उपचार औषधि सेवा कहिले निशुुल्क, कहिले सशुल्क भनिदिँदा झन समस्या भयो । उपचार निशुुल्क हुँदा सरकारले रेम्डिेसिभिर औषधी समयमा उपलब्ध गराउन नसक्दा अस्पतालमा भर्ना भएका बिरामीलाई अस्पतालमा स्टकमा राखेको औषधि दिन भन्दै धेरै पहुँचवालाहरुले धेरै पटक दवाव दिएका थिए । कतिसम्म भने रेम्डेसिभिर औषधि कालोबजारीमा किन्न पाइने तर अस्पताल नपाइने अवस्था सृजना भयो । हामीले हाम्रा बिरामीलाई औषधि उपलब्ध गराउनुपर्छ भनेर भन्दा हामी रेम्डिेसिभिर औषधि दिन सक्दैनौं भन्नुपर्ने नमीठो स्थिति पनि आए । संक्रमितको लागि रेम्डेसिभर औषधिको उपयोगिताका बारेमा अझैसम्म प्रमाणित भएको छैन । तर, गलत प्रचारप्रसारले ६ हजारमा पाइने औषधिलाई ७५ हजारसम्म मूूल्यमा खरिद गरेका मानिसहरु समेत भेटिए ।

जागिर नछाडे मलाई छोडः नर्सका श्रीमान भन्छन्

कोरोना महामारी फैलिएपछि कतिपय चिकित्सक, नर्सहरुले विभिन्न कारण देखाएर लामो समयसम्म विदा समेत बस्नु भयो । कतिपय नर्सका श्रीमानले जागिर नछाड्ने भए मलाई छाड्दे भनेर पटकपटक दवाब दिएको आदि समस्या लिएर आए । घरपरिवारको दवावले यस महामारीकालमा विदा माग्ने धेरै स्वास्थ्यकर्मी हुनुन्थ्यो । सावधानी अपनाउँदा अपनाउदै पनि धमाधम स्वास्थ्यकर्मी संक्रमित हुन थाले । स्वास्थ्यकर्मी बिरामीबाट भन्दा पनि समुदायबाट बढी संक्रमित भएको थाहा पायौं । जुनबेला समुदायमा कोरोना संक्रमण फैलन सुरु भयो, त्यसपछि स्वास्थ्यकर्मीलाई धमाधाम कोरोना देखिन सुरु भयो । तर, बिरामीबाट थोरैलाई मात्रै सरेको थियो ।

चिसो मौसममा धेरै व्यक्ति संक्रमणको लक्षण देखिए पनि घरमै रोगलाई दबाएर बसेका छन् । त्यसैले ढुक्क हुने अवस्था छैन । जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्नुको विकल्प छैन । संक्रमण भएर होम आइसोलेशनमा बस्नेहरुलाई सरकारले निगरानीमा राख्नु जरुरी छ ।

परिवारको दवावमा कतिपय स्थायी स्वास्थ्यकर्मीले समेत विषम परिरिस्थतिमा राजीनामा दिएर जानुभयो । त्यो वाध्यात्मक परिस्थितिको उपज थियो । तर खुसीको कुरा के हो भने धेरै स्वास्थ्यकर्मी निस्वार्थ भावनाका साथ बिरामीको सेवा धर्म हो भनेर खटिएकै कारण कोभिड र नन्—कोभिडको उपचार गर्न सम्भव भएको हो । कोरोना भाइरस नितान्त नयाँ खालको भाइरस भएकाले र त्यसबारेमा विश्व जगत नै पूर्ण रुपमा जानकार भइनसकेको कारण बिरामीलाई सेवा दिने क्रममा हामीले योजना बनाउँदा कति ठाउँमा लड्दै उठदै गरेर सेवालाई प्रभावकारी बनाउन प्रयास गरिरहेका छौं । यो भन्दा हामीलाई गर्व लाग्छ ः हामी थाकेका छैनौं, आत्तिएका छैनौं ।  कोभिड र नन्—कोभिड दुवै थरिका बिरामीलाई पाटन अस्पतालले निरन्तर उच्चस्तरीय सेवा दिइरहेनछ ।

गम्भीर संक्रमितलाई पर्याप्त आइसियू भेन्टिलेटर छैन

कोभिड भएर उपचार गर्न आउने बिरामीको संख्या घटेपनि  स्वास्थ्य अवस्था गम्भीर भएर आउनेको संख्या भने दिनप्रतिदिन बढ्दै गएको छ । संक्रमित भएर आइसियू, भेन्टिलेटरमा भर्ना हुने बिरामी मात्रै अस्पताल आउन थाले । त्यसैले पाटन अस्पतालका आइसियू, भेन्टिलेटर भरिभराउ छ । नेपालमा कोरोना संक्रमितको संख्या घट्दै गएको छ । तर, संक्रमणकै कारण गम्भीर खालका बिरामीको संख्या बढिरहँदा कोरोना संक्रमण छैन वा घटिसक्यो भनेर सहज रुपमा विगतमा जस्तो व्यवहार गर्ने वातावरण छैन । चिसो मौसममा धेरै व्यक्ति संक्रमणको लक्षण देखिए पनि घरमै रोगलाई दबाएर बसेका छन् । त्यसैले ढुक्क हुने अवस्था छैन । जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्नुको विकल्प छैन । संक्रमण भएर होम आइसोलेशनमा बस्नेहरुलाई सरकारले निगरानीमा राख्नु जरुरी छ । नेपालमा विदशमा जस्तो सबैको घरघरमा स्वास्थ्य सुविधा पुर्याउन सम्भव छैन । त्यसैले होमआइसोलेशनमा बस्नेहरुलाई कडाइका साथ निगरानी गरेको खण्डमा गम्भीर भएर अस्पताल आउने बिरामीको संख्या कम हुन्छ । संक्रमण कारण दीर्घरोगी, वृद्धावृद्धको मृत्यु हुने अवस्थालाई कम गर्न सकिन्छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.