नेपाल बारबाट संवैधानिक इजलासको एमिकस क्युरी छनोट
सर्वोच्च अदालतको संवैधानिक इजलास एमिकस क्युरीमा प्रतिनिधित्व गर्न नेपाल बार एशोसिएसनले तीन जना वरिष्ठ अधिवक्ताहरुलाई छनोट गरेको छ । नेपाल बारले बिहीबार वरिष्ठ अधिवक्तात्रय बद्रीबहादुर कार्की, सतिशकृष्ण खरेल र विजयकान्त मैनालीलाई छनोट गरेको हो ।
नेपाल बार एशोसिएसनका महासचिव लीलामणी पौडेलका अनुसार बिहीबार १ देखि ४ बजेसम्म बसेको बार केन्द्रीय समितिको बैठकले वरिष्ठ अधिवक्ता कार्की, खरेल र मैनालीलाई एमिकस क्युरीमा छनोट गरेको हो ।
‘ निर्णय भएर पत्र तयार भएको छ । तर कसैलाई पनि दिइएको छैन् । वेब साइटमा पनि राखिएको छैन’, पौडेलले रातोपाटीस“ग भने, ‘शुक्रबार फष्टआवरमा सर्वोच्च अदालतमा पनि पठाइन्छ । छनोट हुनु भएकाहरुलाई पनि औपचारिक जानकारी गराइन्छ ।’
प्रधानन्यायाधीश चोलेन्द्र राणा नेतृत्वको १० पुसको संवैधानिक इजलासले प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि सभा विघटन विरुद्ध परेको रिटमा कारण देखाउ आदेशसहित नेपाल बारबाट ३ जना र सर्वोच्च अदालत बार एशोसिएसनबाट २ जना वरिष्ठ अधिवक्ताको एमिकस क्युरी माग गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे, १० समाचार
-
सातौँ सिजनको नेकोस कर्पोरेट सुपर सिक्सेज सुरु : एनआईसी एसियाको दोहोरो जित
-
अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहविरुद्ध हत्यामा मुद्दा नचल्ने
-
शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने
-
जगदम्बा स्टिललाई तत्काल प्रदूषण नियन्त्रण गर्न संसदीय समितिको निर्देशन (तस्बिरहरूसहित)
-
बलात्कार मुद्दाका फरार अभियुक्त १६ वर्षपछि पक्राउ