व्यवस्था विरोधी तानाबाना बुनिँदैछ, सफल हुन दिँदैनौं: अध्यक्ष नेपाल
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड र माधव नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा विघटनलाई राजनीति ‘कू’ को संज्ञा दिएका छन् । प्रचण्ड र नेपाल पक्षद्वारा आयोजित प्रतिनिधिभा विघटनविरुद्ध राजनीति पार्टीहरुसँगको अन्तक्रिर्या कार्यक्रममा नेपालले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीति कू गर्नुभएको छ । यसविरुद्ध पुरै देशले विमति जनाएको छ ।
सबै राजनीतिक दल आन्दोलनको मैदानमा छन् । जनता आक्रोशित छन् ।’ राजनीति स्थायित्वका लागि संविधानमै व्यवस्था गरिए पनि प्रधानमन्त्री ओलीले संविधानमाथि मनोमानी गरेको उनले बताए । काम चलाउ प्रधानमन्त्री ओलीले निरंकुशवादी चरित्र देखाएको उनको भनाई थियो ।
उनले भने, ‘उहाँले षड्यन्त्रका तानाबाना बुनिरहनुभएको छ । संकटकाल लगाउने कुरा पनि आएको छ । व्यवस्था परिवर्तन गर्ने षड्यन्त्र पनि देखिएको छ । यसलाई सफल हुन दिइने छैन । प्रतिगामी कदम स्वीकार्य छैन ।’ संविधान सुधार्दै जानूपर्ने भन्दै व्यवस्था विरुद्धको कदम मान्य नहुने उनले बताए । अध्यक्ष नेपालले संसद विघटनविरुद्ध सबैलाई दलहरूलाई सहकार्यका लागि आग्रह समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण