प्रिन्स दाहाल विश्व वरियताको तेस्रो स्थानमा
शुक्रबार, ०२ माघ २०७७, १७ : ५५
काठमाडौं । नेपालका उदियमान खेलाडी प्रिन्स दाहाल विश्व व्याडमिन्टन महासंघले निकालेको जुनियरतर्फको नयाँ वरियताक्रममा तेस्रो स्थानमा उक्लिएका छन् । यु–१९ तर्फ प्रिन्स तेस्रो स्थानमा उक्लिएका हुन् । गत डिसेम्बरमा उनी विश्व वरियतामा ११ औं स्थानमा थिए ।
जुनियरतर्फ डेनमार्कका म्याड्स जुयल मोलर १३,५५० अंकसहित पहिलो स्थानमा छन् । त्यस्तै, भारतका वरुन कपूर १३,१५० अंकसहित दोस्रो स्थानमा छ । तेस्रो स्थानका दाहालको १०,४०० अंक छ । इङल्यान्डका इथान रोस १०,०६० अंकसहित चौथो र मलेसियाका एचओएच जस्टिन ९,५९० अंकसहित पाँचौ स्थानमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भाडा तिर्न नसकेपछि परिवारको ३ महिनादेखि ट्याक्सीमै बास
-
यस्तो छ युवा तथा खेलकुद मन्त्रीको सम्पत्ति विवरण
-
नारायणकाजीको सम्पत्ति विवरण : ‘प्रचण्डले दिएको महिन्द्रा गाडी’
-
नेप्सेको उत्साह कायमै, झण्डै २३.९४ अंकले बढ्यो
-
उद्योगमन्त्रीको सम्पत्ति : ६ तोला सुन, १० लाख ऋण
-
मन्त्री धनबहादुरको सम्पत्ति : १५० तोला सुन, काठमाडौँमा २ वटा घर