नेप्सेको उत्साह कायमै, २३.९४ अंकले बढ्यो
काठमाडौँ । साताको सुरु दिन देखिनै उकालो लागेको सेयर बजार परिसूचक नेप्से तेस्रो दिन पनि झण्डै २४ अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार नेप्से सूचक २३.९४ अंकले बढ्दै २१ सय १५ अंकमा उक्लिएको हो ।
मंगलबार क वर्गको सेन्सेटिभ इन्डेक्स पनि ३.५३ अंकले बढ्दै ३७७.६० अंकमा उक्लिएको छ । करिब २४ अंकले नेप्से बढेको यसदिन ५ अर्ब २० करोड ६२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
मंगलबार डेभलपमेन्ट बैंक समूह र ट्रेडिङ समूहको उपसूचक बाहेक अरू ११ वटा उपसूचक धनात्मक भएका छन् । डभेलपमेन्ट बैंक समूह र ट्रेडिङ समूहको उपसूचक भने क्रमशः ०.२९ प्रतिशत र ०.५३ प्रतिशतले घटेका छन् ।
मंगलबार जानकी फाइनान्स कम्पनी, निरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था र सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समान १० प्रतिशतले बढेका छन् भने दर्जन बढी कम्पनीको सेयर मूल्य ८ प्रतिशत माथिले बढेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण