बिहीबार, ३१ जेठ २०८१
ताजा लोकप्रिय
सम्पत्ति विवरण

नारायणकाजीको सम्पत्ति विवरण : ‘प्रचण्डले दिएको महिन्द्रा गाडी’

मङ्गलबार, ०८ जेठ २०८१, १६ : २८
मङ्गलबार, ०८ जेठ २०८१

काठमाडौँ । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको सम्पत्ति विवरण सार्वजनिक भएको छ । उनले आफ्नो सम्पत्ति विवरणमा झण्डै ३८ रोपनी पैतृक जग्गा गोरखामा रहेको उल्लेख गरेका छन् । 

यस्तै राष्ट्रिय वाणिज्य बैंक सिंहदरबारमा १ लाख २२ हजार ९१८ रुपैयाँ बचत रहेको देखाएका छन् । 

यस्तै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दिएको बा१०च ५७९८ नम्बरको महिन्द्रा गाडी पनि उनले सम्पत्ति विवरणमा राखेका छन् । त्यसको मूल्य आफूलाई थाहा नभएको मन्त्री श्रेष्ठले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप