उद्योगमन्त्रीको सम्पत्ति : ६ तोला सुन, १० लाख ऋण
काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आफ्नो सम्पत्ति विवरणमा बैतडीको पाटनमा घर र जग्गा रहेको उल्लेख गरेका छन् । सार्वजनिक गरिएको सम्पत्ति विवरणमा उनले पाटनमा उदय सिंह भण्डारीको नाममा ६ कोठे पुर्ख्यौली घर र २ रोपनी जग्गा रहेको उल्लेख गरेका हुन् । त्यसै गरी कविता भण्डारीको नाममा कञ्चनपुरमा २ कट्ठा जग्गा रहेको विवरणमा उल्लेख छ ।
यता, भण्डारीले श्रीमतीको नोकरी र कृषि व्यवसायबाट खरिद गरिएको ६ तोला सुन रहेको उल्लेख गरेका छन् । त्यस्तै, आफ्नो नाममा एभरेस्ट बैंकमा ८ लाख ६४ हजार ४४६ रुपैयाँ, कविता भण्डारीको नाममा राष्ट्रिय वाणिज्य बैंक र ग्लोबल बैंकमा क्रमशः १ हजार र ३ लाख ६३ हजार रुपैयाँ रहेको उनले खुलाएका छन् ।
यता, प्रसिद्ध भण्डारीको नाममा संगम हस्पिटलमा प्रालिमा ८ लाख बराबरको ८ हजार कित्ता सेयर रहेको विवरणमा भनिएको छ । उनले २०७९/०३/०५ मा १० लाख रुपैयाँ ऋण लिएको पनि विवरणमा उल्लेख गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण