काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपाल सरकार समक्ष पेश गरेको ४० बुँदे माग पूरा गर्न माग गर्दै राजधानी काठमाडौँमा विरोध प्रदर्शन गरेको छ । बबरमहलमा जम्मा भई पार्टीले माइतीघर, थापाथली, त्रिपुरेश्वर, सुन्धारा, न्युरोड, जमल, महेन्द्र सालिक हुँदै नारायणहिटीसम्म मोटरसाइकल ऱ्याली गरी प्रदर्शन गरेका हुन्।
_C0uk0D6zxd.jpg)
संवैधानिक राजतन्त्रका पुनस्थापनासहित संघीयता र धर्मनिरपेक्षताको खारेजीको माग गर्दै आएको राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै आइरहेको छ । राप्रपाले राखेको ४० बुँदे मागपत्रमा सरकारी कर्मचारी तथा पेसागत दलीय भ्रातृ संगठनहरूको खारेजी हुनुपर्ने, संवैधानिक नियुक्तिहरूमा दलीय भागबन्डा नहुने संवैधानिक सुनिश्चितता हुनुपर्ने, शिक्षा र स्वास्थ्य सुधार हुनुपर्ने, ०४६ सालपछि उच्चपदस्थ नेता, कर्मचारी तथा परिवारको सम्पत्ति छानबिन गर्नुपर्नेलगायत उल्लेख गरेको छ ।
_ML1rMian9p.jpg)
सहकारी तथा लघुवित्तको समस्या समाधान हुनुपर्ने, ललिता निवास, वाइडबडी, नक्कली भुटानी शरणार्थी, ठुलो सुन काण्डलगायतको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही हुनुपर्ने माग पनि राप्रपाको छ ।
_KiyK9V61Fg.jpg)
_mUSJiRsHfm.jpg)
_V22xU0TSMt.jpg)
_dVfobIrf2G.jpg)
_xuXCrzJjul.jpg)
_qO3vFmTdkU.jpg)
_dXxZi0mBj9.jpg)
_cGfVjP3ucY.jpg)
_Dn56TpdJ3V.jpg)
_Q73F65sPgC.jpg)
_zcwNEuvU9I.jpg)
_Oen8DikRPb.jpg)
_4TDysms3Dj.jpg)
_tRO1lmLK6J.jpg)
_82m2SesBG1.jpg)
_8G5Jt4eYvl.jpg)
_zNGxq4VkhM.jpg)
_6vFOtlmvN9.jpg)
_18Ennw4t30.jpg)
_HwQjiBvakm.jpg)
प्रतिक्रिया