पुसमा ह्वात्तै बढेको ऋण लगानी माघ लागेपछि घट्यो
पुसमा ऋण लगानी ह्वात्तै बढेको छ । पुस अन्तिम साता बैंकहरुले एक साता मै ५९ अर्ब ऋण प्रवाह गरेका थिए । नेपाल बैंकर्स एसोसिएसनको तथ्यांक अनुसार पुसमा बढेको ऋण लगानी माघ लागेसँगै घटेको हो ।
पुसको तेस्रो र चौथो साता ऋण लगानी ह्वात्तै बढेको हो । पुसको तेस्रो साता बैंकहरुले २४ अर्ब ऋण लगानी गरेको देखिन्छ भने चौथो साता ५९ अर्ब ऋण लगानी गरेको तथ्यांकमा उल्लेख छ ।
त्यसपछि फेरि ऋण लगानीमा ओरालो लाग्न थाल्यो । माघ लागेपछि ८ अर्बले ऋण लगानी घटेको छ । पुस मसान्तको तुलनामा माघ २ गतेसम्म बैंक ऋण ८ अर्बले घटेको हो ।
पुस मसान्त त्रैमासिक साँवा÷ब्याज उठाउने समय हो । कोभिडका कारण ऋण तिर्न नसकेका ऋणीलाई बैकहरुले थप ऋण दिने र सोही ऋणबाट ब्याज तिर्न लगाउँने गरेका छन् । यसो गर्दा बैंकहरुले नोक्सानी ब्यवस्थापन गर्नु पर्दैन र आम्दानी पनि घट्दैन ।
यता वाणिज्य बैंकहरुको निक्षेपमा पनि माघ लागेसँगै कम भएको छ । माघ २ गतेसम्मको तथ्यांकमा ३ अर्ब कम निक्षेप छ । पुसमा निक्षेपमा पनि बृद्धि भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
कतारमा ६२५ नेपाली कामदार अलपत्र
-
‘वेस्ट इन्डिजविरुद्धको शृङ्खला टी-२० विश्वकपको तयारीका लागि उपयुक्त अवसर’
-
पक्राउ परेका कार्यकर्ता छुटाउन प्रहरीमा धाउँदै रवीन्द्र मिश्रसहितका नेता !
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
गृहमन्त्री लामिछानेले भने– सहकारी सञ्चालकहरूको सम्पत्ति रोक्का गरेर पीडितको रकम फिर्ता गर्छौं