विप्लव समूहका जिल्ला ईन्चार्ज हतियारसहित पक्राउ
काठमाडौँ । नेकपा विप्लव समूहका मोरङ जिल्ला ईन्चार्ज हातहतियारसहित पक्राउ परेका छन् ।
बुधबार दिउँसो २ बजे मोरङ बुढीगंगा गाउँपालिका-४ बाट संखुवासभा मादी नगरपालिका-४ ओखरबोटेका ३२ वर्षीय डिबि सिलवाल भन्ने धन बहादुर बिक पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मान बहादुर राईका अनुसार बिक मोरङ जिल्लाका उद्योगी व्यवसायीहरुलाई धम्क्याउँदै चन्दा असुल गर्ने कार्यमा संलग्न हुँदै आएका थिए ।
लामो समयदेखि प्रतिवन्धित नेकपा विप्लव समूहमा आवद्ध रहेका उनी मोरङ जिल्ला ईन्चार्ज हुन् ।
उनको साथबाट प्रहरीले अटोमेटिक पेस्तोल एक थान, म्याग्जिनमा लोड गरेको अवस्थामा KF 7.65 लेखिएको गोली ३ थान , सिम नभएको ओप्पो कम्पनीको मोबाइल एक थान, कलर्स मोबाइल एक थान र सिमकार्डहरु बरामद गरेको छ ।
प्रहरी अनुसन्धानमा उनी २०७७ मंसिर २३ गते मोरङ मिक्लाजुङ्ग गाउँपालिका वडा नं १ बर्खे बस्ने राजेन्द्र श्रेष्ठको हत्याको आरोपी समेत रहेको खुलेको डिएसपी राईले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण