पार्टीमा समर्थकको भूमिका अतुलनीय छ : मुख्यमन्त्री पोखरेल
बिहीबार, ०८ माघ २०७७, १८ : ४७
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले पार्टीका समर्थकको भूमिका महत्वपूर्ण हुने बताएका छन्।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाङ जिल्ला सचिवालय सदस्य मनोहर बुढाथोकीका बुबा जीतबहादुर बुढाथोकीको १३औँ दिनको पुण्य तिथिमा आज आयोजित श्रद्धाञ्जली सभामा शोक मन्तव्य व्यक्त गर्नुहुँदै उहाँले पार्टीमा सक्रिय राजनीति गर्नेहरुको भूमिकासँगै र समर्थक तथा अभिभावकको भूमिका पनि महत्वपूर्ण हुने धारणा राखे ।
उनले स्व बुढाथोकी जस्तै पार्टीका समर्थकले गर्दा अहिले राष्ट्रको नेतृत्व गर्ने अवस्थामा पुगेको बताए ।
दाङ कम्युनिष्टको उर्बर क्षेत्रका रुपमा रहेको उल्लेख गर्दै उहाँले पार्टीमा बुढाथोकीको भूमिका महत्वपूर्ण रहेकाले त्यसलाई सबैले अनुशरण गर्नुपर्ने बताए ।
बुढाथोकीको ८३ वर्षको उमेरमा निधन भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसलाई दिएको समर्थनबारे अमेरिकाले गर्यो चीनलाई प्रश्न
-
६ हजार अफगानी शरणार्थी स्वदेश फर्किए
-
पक्राउ परेकालाई छुटाउन लागिपरे राप्रपाका नेता, सुन तस्करीको अनुसन्धानमा दीपेश पुन
-
एमालेको अडानले सुदूरपश्चिम सरकार विस्तार अन्योलमा
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
दोस्रो चरणमा उत्तर प्रदेशमा सबैभन्दा कम मतदान, कस्तो छ अन्य राज्यको अवस्था ?