भारतीय प्रधानमन्त्रीले भने– ‘कोभिड विरुद्धको लडाइँमा नेपाली जनतालाई सहयोग गर्न भारत सधैँ प्रतिबद्ध छ’
बिहीबार, ०८ माघ २०७७, २२ : ३५
१
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना खोप उपलव्ध गराएकोमा भारत सरकारलाई धन्यवाद दिएका छन् । भारतले नेपाललाई १० लाख डोज कोरोना खोप उपलव्ध गराएलगत्तै प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, त्यहाँको सरकार र भारतीय जनतालाई ट्वीटरमार्फत धन्यवाद दिएका हुन् ।
प्रधानमन्त्री ओलीले धन्यवाद दिएलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड १९ विरुद्धको लडाइँमा नेपाली जनतालाई सहयोग गर्न भारत सधैं प्रतिबद्ध रहेको बताएका छन् । ट्वीटरमार्फत प्रधानमन्त्री मोदीले नेपाली जनतालाई सहयोग गर्न प्रतिबद्ध रहेको बताएका हुन् । उनले भारतमा बनाइएका खोपहरूले महामारी नियन्त्रण गर्ने विश्वव्यापी प्रयासमा पनि योगदान पुर्याउने स्पष्ट पारेका छन् । भारतले बिहीबार नेपाललाई १० लाख डोज कोरोना खोप उपलव्ध गराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
इलाम उपनिर्वाचन : एमाले उम्मेदवार सुहाङ नेम्वाङले गरे मतदान
-
मन्त्री परिवर्तनको असर : पूर्वाधार विकास कार्यालय गौरमा तालाबन्दी
-
रास्वपाका उम्मेदवार लिम्बूद्वारा मतदान
-
इलाम–२ उपनिर्वाचनको लागि मतदान सुरु
-
सबैभन्दा प्रदूषित सहरमा काठमाडौँ यथावत्
-
४२ छक्का, ५२३ रन : कोलकाता भर्सेस पञ्जाबमा कस्ता–कस्ता कीर्तिमान बने ?