
दीलिपले अशिष्मातिर चलाए मायाको बतास
काठमाडौं । गायिका डा. रानी शाक्य र गायक प्रमोद खरेलको स्वर रहेको युगल गीत ‘चल्यो मायाको बतास’ सार्वजनिक भएको छ । डान्सिङ शैलीमा तयार पारिएको गीतको भिडियो समेत बनेको छ । जसमा अभिनेता दिलिप रायमाझी र अभिनेत्री अशिष्मा नकर्मीको अभिनय देख्न सकिन्छ ।
ठूलोपर्दामा अहिलेसम्म सहकार्य नजुरेको यो जोडीको म्युजिक भिडियोमा केमिस्ट्री भने सुहाएको देख्न सकिन्छ । हरी उप्रेतीको शब्द रहेको गीतमा संगीत विकाश चौधरीले दिएका छन् ।
भिडियोमा राजन शाहीको कोरियोग्राफी, आभेस बज्राचार्यको छायाँकन, माधव बेलबासेको सम्पादन रहेको छ । भिडियो निर्देशक प्रहिल कार्कीले निर्देशन गरेका हुन् ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ