तीस लाख किशोरीलाई आइरन चक्की
शुक्रबार, ०९ माघ २०७७, २३ : १६
काठमाडौं । सरकारले किशोरीहरुलाई दोस्रो चरण अन्तर्गत आइरन फोलिक एसिड चक्की खुवाउन सुरु गरेको छ । दोश्रो चरणको कार्यक्रम अन्तर्गत माघ महिनाबाट किशोरीहरुलाई आइरन फोलिक एसिड चक्की खुवाउन सुरु गरिएको हो ।
स्वास्थ्य सेवा विभागकाअनुसार किशोरीहरुलाई पहिलो चरणमा साउन, भदौ, असोज र दोस्रो चरणमा माघ, फागुन र चैतमा आइरन फोलिक एसिड चक्की खुवाउने गरिन्छ । सरकारले १० देखि १९ वर्ष उमेर समूहका करिब ३० लाख किशोरीलाई सो चक्की खुवाउने गरेको छ ।
यस चक्कीले किशोरीहरुमा हुने रक्तअल्पता लगायतका समस्याबाट बचाउन सहयोग गर्ने विभागले जनाएको छ । हाल नेपालमा २२ प्रतिशत किशोरीमा रक्त अल्पताको समस्या देखिने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण