६ महिनामा ६ खर्बभन्दा बढीको व्यापार घाटा

काठमाडौं । चालू आर्थिक वर्षको साउनदेखि पुससम्म विदेशी वस्तुको आयातमा ५ प्रतिशतले कमी आएको छ भने निर्यातमा ६ प्रतिशतले वृद्धि भएको छ ।
भन्सार विभागका अनुसार साउनदेखि पुससम्म ४ दशमलव ८१ प्रतिशतले आयात घटेको छ भने निर्यात ६ दशमलव १४ प्रतिशतले बढेको हो । सो अवधिमा ६ खर्ब ६१ अर्ब २४ करोड बढीको विदेशी वस्तुको आयात भएको छ । गत आवको सोही अवधिमा ६ खर्ब ९४ अर्ब ६९ करोडबराबरको विदेशी वस्तुको आयात भएको भन्सार विभागले जनाएको छ ।
निर्याततर्फ ६ महिनाको अवधिमा ६० अर्ब ७९ करोड ९९ लाख बराबरको मात्र स्वदेशी वस्तु निर्यात भएको छ । गत वर्षको सोही अवधिमा ५७ अर्ब २७ करोड ७९ लाखबराबरको स्वदेशी वस्तु निर्यात भएको थियो । तथ्यांकअनुसार यस वर्ष व्यापार घाटामा ५.८० प्रतिशतले सुधार भएको छ । वैदेशिक व्यापारमा आयातको हिस्सा ९१.५८ र निर्यातको हिस्सा ८.४२ प्रतिशत छ ।
गत वर्ष आयाताको हिस्सा ९२.३८ प्रतिशत थियो भने निर्यातको हिस्सा ७.६२ प्रतिशत थियो । भन्सार विभागका अनुसार पहिलो छ महिनामा नेपालको व्यापार घाटा ६ खर्ब ४६ करोड रुपैयाँ रहेको छ ।
विभागको तथ्यांकअनुसार ६ महिनामा ७ खर्ब २२ अर्ब ४४ करोड बराबरको वैदेशिक व्यापार हुँदा सो रकमको व्यापार घाटा भएको हो । भन्सार विभागका अनुसार पहिलो ६ महिनामा सबैभन्दा बढी भारतसँग व्यापार घाटा रहेको छ । यो समाचार आजको राजधानी दैनिकमा पूर्णभक्त दुवालले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोलाबारी लगत्तै भारतको चेतावनी : यसको जिम्मेवारी पाकिस्तानले लिनुपर्छ
-
पोखरामा मोटरसाइकल दुर्घटना, देवेन्द्र बास्तोलाको निधन
-
तल्लो अरुण आयोजनाको मुआब्जा वितरण
-
डढेलो नियन्त्रणका लागि रसुवामा पहिलोपटक दमकल प्रयोग
-
सुत्केरी मृत्यु प्रकरणमा अस्पताल सञ्चालकसँग सोधपुछ
-
तीन घण्टा नबित्दै पाकिस्तानले गर्यो युद्धविराम उल्लंघन