एयरपोर्टको स्तब्ध पार्ने तस्बिर : जाँदा आकाशमा, आउँदा बाकसमा
वैदेशिक रोजगारीको क्रममा मलेसियामा पुगी मृत्यु भएका १८ नेपालीको शव शनिबार नेपाल ल्याइएको छ । विभिन्न मितिमा मृत्यु भएका उनीहरुको शव नेपाल एयरलाइन्सले ल्याएको हो ।
एयरलाइन्सले सामाजिक उत्तरदायित्वअनुसार सो शव ल्याउने निर्णय गरेको थियो भने त्यसका लागि शुक्रबार एयरलाइन्सको वाइडबडी जहाज त्यसतर्फ उडेको थियो ।
यसअघि मलेसियास्थित दूतावासले मलेसियामा मृत्यु भएका नेपालीको शव ल्याउन निगमलाई आग्रह गर्दै गरेको थियो । सोहीअनुसार परराष्ट्र र पर्यटन मन्त्रालयसँग सहकार्य गरेर निगमले शव ल्याएको हो ।
निगमको जहाजमा ल्याइएको शव आजै आफन्तलाई जिम्मा लगाइएको छ ।
शव लिनका लागि विमानस्थल पुगेका मृतकका आफन्तहरु निराश र भावविह्वल भएका थिए । देशमा पर्याप्त रोजगारी नपाएर अवसरको खोजीमै विदेश पुगेका कतिपय नेपालीको सुन्दर सपना अधुरै बनेको मात्रै छैन अकालमै ज्यान गुमाउन समेत विवश छन् । सरकारले देशभित्रै पर्याप्त रोजगारीको सिर्जना गर्दै श्रमको उचित मूल्य दिनसके बाकसमा लाश बनेर आउनुपर्ने नियतिको अन्त्य हुने थियो कि !


















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण