उपत्यकामा खिँचिदै साम्राज्ञीको ‘तिम्रो मेरो साथ’
काठमाडौं । फिल्मको ‘तिम्रो मेरो साथ’को अहिले उपत्यकाको बिभिन्न स्थानमा छायाँकन भैरहेको छ । साम्राज्ञी आरएल शाह, पुष्प खड्का, सन्दिप क्षेत्रीको मुख्य भूमिका रहेको फिल्मको छायाँकन निर्माण युनिटले बडीगार्ड समेत प्रयोग गरेको छ ।
फिल्मको आउटडोर छायाँकनमा धेरै हुलमुल हुन थालेको कारण फिल्म युनिटले छायाँकन स्थलमा बडीगार्ड प्रयोग गरेको हो । फिल्मका कलाकार साम्राज्ञी आरएल शाह, पुष्प खड्का, सन्दिप क्षेत्रीको सुटिङमा सर्वसाधारको भिडले छायाँकनमा अवरोध श्रृजना भएको कारण बडीगाढ राखेर फिल्म छायाँकन गर्न थालिएको निर्माता रमेश एमके पौडेलले बताए ।
हुन त नेपाली फिल्मका लागि बडीगार्ड प्रयोग गरिएको यो नौलो होइन । यस अगाडि फिल्मको प्रिमिएरमा निर्माण युनिटले दर्शकमा कलाकारको आकर्षण देखाउन बडीगाढ सहित प्रस्तुत गर्ने गर्ने गर्दथ्यो । फिल्मको छायाँकनमा यसरी बडीगाड प्रयोग गरिएको भने यो सम्भवतः यो पहिलो हो ।
केही साता अगाडि सुरु भएको फिल्मको अहिले ६० प्रतिशत छायाँकन सकिएको छ । केही दिनको उपत्यकाको छायाँकन पछि फिल्म पोखरा र अमेरिकामा छायाँकन गरेर सकिनेछ । प्रेमकथाको बिषयमा निर्माण भैरहेको फिल्मका निर्देशक रमेश एमके पौडेल हुन ।
कथा र गीत समेत निर्देशककै रहेको फिल्ममा पुष्प, साम्राज्ञी,को अलवा सरोज खनाल ,सन्दिप क्षेत्री, खबपु, इमिली लामाको मुख्य भूमिका रहेको छ । अभिनेता ध्रुव दत्त फिल्मको विषेश भूमिकामा प्रस्तुत हुनेछन् । आर्यन फिल्मस् तथा बोधी एचडी अमेरिकाको ब्यानरमा निर्माण भएको फिल्ममा सबिर श्रेष्ठको पटकथा र सम्बाद रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा
-
सहकारी मन्त्रीहरूको सम्मेलनमा भाग लिन मन्त्री अधिकारी जोर्डन प्रस्थान
-
सुन तस्करी जाँचबुझ प्रतिवेदन अझै अध्ययनमै
-
पहिलो पटक हुम्ला पुगे दुई टिपर