केन्द्रीय संस्करण

बेलायतमा एकैदिन ६१० जनाको मृत्यु, ३० हजार नयाँ संक्रमित

person explore access_timeमाघ १२, २०७७ chat_bubble_outline0
file photo

लन्डन । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले दिएको पछिल्लो जानकारी अनुसार बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या अघिल्ला दिनहरुको तुलनामा केहि कमी आएको छ । बेलायतमा पछिल्लो २४ घन्टामा थप ६१० जना कोरोना संक्रमितको मृत्यु भएको छ । आइतबार सार्वजनिक तथ्याँक अनुसार बेलायतमा कोरोनका मृतक संख्या ९७ हजार ९३९ पुगेको छ ।

यसैगरी बेलायतमा कोरोना संक्रमितको संख्यामा पनि कमी आएको छ । गएको २४ घन्टामा ३० हजार ४ जना नयां संक्रमित थपिएका छन् । संक्रमित संख्या ३० हजारको हाराहारीमा झरेको सन् २०२१ लागेपछिकै पहिलो हो । नयाँ संक्रमितसँगै बेलायतमा कोरोना संक्रमितको संख्या ३६ लाख ४७ हजार ४६३ पुगेको छ । हाल बेलायतका अस्पतालमा झन्डै ३८ हजारको संख्यामा  कोरोना संक्रमितको उपचार भइरहेको छ ।

बेलायतको नेशनल हेल्थ सर्भिस (एनएचएस) ले बताएअनुसार हाल अस्पताल भर्ना हुनेको संख्या महामारीयताकै सबैभन्दा बढी छ भने पहिलाको तुलनामा दोब्बर बढी कोरोना संक्रमित अस्पताल भर्ना भएका छन् । यसैगरी कोरोना संक्रमणका कारण भेन्टिलेटर बेडमा उपचारार्थ बिरामीको संख्या चार हजार नाघेको छ, जुन महामारी यताकै नयाँ रेकर्ड भएको अधिकारीहरुले बताएका छन् ।

६३ लाख बढीलाई दिइयो खोप

हालसम्म बेलायतमा ६३ लाख ५३ हजार ३२१ जनाले कोरोना विरुद्धको खोपको पहिलो डोज लिइसकेको स्वास्थ्य विभागको तथ्याँकमा उल्लेख छ । जसमध्ये चार लाख ६९ हजार ६६० जनाले खोपको दोस्रो तथा अन्तिम डोज पनि प्राप्त गरिसकेका छन्

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.