शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

एमसीसी नआए सरकारले आफ्नै लगानीमा भएपनि परियोजना कार्यान्वयन गर्नुपर्छः कँडेल (भिडियो)

बुधबार, १४ माघ २०७७, १२ : ५५
बुधबार, १४ माघ २०७७

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले एमसीसी सहायता नआए सरकारले आफ्नै लगानीमा भएपनि परियोजना कार्यान्वयन गर्नुपर्ने बताएका छन् । एमसीसीबारे राजनीतिक रुपमा पक्ष र विपक्षमा धारणा बनाउँदा परियोजना आफै गलत हो की भन्ने भ्रम पनि सिर्जना भएको उपाध्यक्ष कँडेलले बताए । 

परियोजनाको राजनीनिक पक्ष जे जस्तो भएपनि केही वर्ष भित्र विद्युतको ठूलो राष्ट्रिय प्रशारण लाइन आवश्यक पर्ने भएकोले सरकारले एमसीसी स्वीकृत नभएपनि परियोजनालाई अगाडि बढाउनुपर्ने बताए । 

कँडेलले एमसीसी परियोजना रुपान्तरणकारी आयोजनाको रुपमा १५ औं योजनामा समेत समावेस भइसकेकोले सरकारले परियोजना निर्माणको कार्यलाई तिब्रता दिएको बताए ।  तर देशको पूँजीको अपर्याप्तताको कारणले एमसीसी आवश्यक पर्ने देखिएको उनको भनाइ छ । 

उपाध्यक्ष कँडेलले राष्ट्रिय योजना आयोगले आफैले एमसीसी परियोजनालाई १५ औं योजनामा समावेस नगरेको पनि स्पष्ट पारेका छन् । उर्जा मन्त्रालयबाट निर्णय भएर आएको परियोजनालाई आयोगले पहिचान गरी रुपमान्तरणकारी आयोजनामा समावेश गरेको प्रष्ट पारे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप