शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

के टू हिमाल आरोहीलाई पूर्वराजा शाहले दिए बधाई

शुक्रबार, १६ माघ २०७७, १७ : १६
शुक्रबार, १६ माघ २०७७

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले विश्वकै दोश्रो अग्लो के टू हिमालको सफल आरोहण गर्ने टोलीलाई बधाई दिएका छन् । पूर्वराजा शाहले आज एक विज्ञप्ति जारी गर्दै आरोही टोलीलाई बधाई दिएका हुन् ।

नेपाल अनेकौ साहसी आरोही तथा पथप्रदर्शक र प्रेरकहरुको मुलुक भएको बताउँदै उनले विज्ञप्तिमा भनेका छन्ः ‘गत वर्ष मात्रै सगरमाथासहित आठ हजार मिटर अग्ला विश्वका चौधवटा हिमाल ६ महिना ६ दिनको समय लगाएर आरोहण गर्दै विश्व कीर्तिमान बनाएका नेपाली आरोही निर्मल पुर्जा  सहितको टोलीले हालसम्म कोही नपुगेको विश्वकै दोश्रो अग्लो के टू हिमालको सफल आरोहण गरेका छन् । सर्वाधिक चिसो मौसममा पनि साहासका साथ गरेको त्यो आरोहणमा म हार्दिक बधाई एवम् सम्मानभाव प्रकट गर्दछु ।’ 

शाहले त्यस्तो प्रयत्नबाट विश्वमै नेपाल र नेपालीको प्रष्ठिामा बृद्धि भएको सुखद अनुभूति आफुले गरेको बताएका छन् ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप