शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

एडभान्सड् कलेजद्वारा टर्किज वायुसेवासँग सम्झौता, विद्यार्थीको सीप र ज्ञान अभिवृद्धि गर्न सहयोग गर्ने

बिहीबार, २२ माघ २०७७, १५ : ०५
बिहीबार, २२ माघ २०७७

काठमाडौं । एडभान्सड कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टले टर्किस वायुसेवासँग सम्झौता गरेको छ । कलेज परिसरमा आयोजित एक विशेष कार्यक्रममा एडभान्सड् कलेजका कार्यकारी निर्देशक कपिल देव रेग्मी तथा टर्किस वायुसेवाका महाप्रबन्धक अब्दुल्लाह ट्युनसेरले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरे । 

सम्झौता पत्रमा दुई निकाय बीचको आपसी प्रगतिका लागि भविष्यका सम्भाव्य सहकार्यका क्षेत्र बारे उल्लेख गरिएको छ ।

एडभान्सड कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट र टर्किज वायुसेवाको सञ्चालक समितिले एडभान्सड कलेजका बौद्धिक प्रतिभाहरूको प्रभावकारी उपयोगिताका लागि औद्योगिक आवश्यकतालाई दृष्टिगत गर्दै उपयुक्त शिक्षण–प्रशिक्षण प्रणालीको विकास गर्ने निर्णय गरेका छन् । 

संस्थाबाट दीक्षित विद्यार्थीहरूले प्राविधिक क्षेत्रको प्रवद्र्धन, नवीनता र प्रतिस्पर्धी औद्योगिक प्रतिष्ठानका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छन् । दुवै संस्थाबीचको निकट सम्बन्धले विद्यार्थीको सीप र ज्ञान अभिवृद्धि गर्न प्रमुख भूमिका खेल्ने विश्वास गरिएको छ ।

एडभान्सड कलेजका कार्यकारी निर्देशक कपिल देव रेग्मिले नेपालको शैक्षिक क्षेत्रसँग सन्निकट रहेर काम गर्ने टर्किस वायुसेवाको अभिरुचिको सर्हान गरे । त्यसैगरी, टर्किस वायुसेवाका महाप्रबन्धक अब्दुल्लाह ट्युनसेरले अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी शैक्षिक संस्थाका रूपमा विकास गर्न एडभान्सड कलेज व्यवस्थापनले प्रारम्भ गरेको प्रयासलाई स्वागत गरे ।

औद्योगिक प्रतिष्ठान र शैक्षिक संस्थाबीचको अन्तरक्रियाले उद्योगहरूलाई पछिल्लो विकासका आवश्कता परिपूर्ति गर्ने अन्तरदृष्टि प्रदान गर्दछ । टर्किज वायुसेवाले एडभान्सड कलेजका विद्यार्थीहरूलाई टर्कीस्थित वायुसेवाका विभिन्न कम्पनीहरूको भ्रमण गर्न प्रोत्साहन गर्दछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप