शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

‘अपहरण’मा परेका बालक तीन दिनपछि यसरी भेटिए भारतमा

शुक्रबार, २३ माघ २०७७, १३ : ४४
शुक्रबार, २३ माघ २०७७

सिरहाबाट मंगलबार बेलुका अपहरणमा परेका बालक बिहीवार अवेरमात्र प्रहरीले भारतको मधुबनी जिल्लाको खाजेडी भन्ने गाउँबाट उद्धार गरेको हो । अपहरणको तीन दिनमै प्रहरीले यो सफलता पाएको हो । मंगलबार बेलुका सिरहा नपा १ डुम्वाखत्ताका प्रदिप यादवको २ वर्षीय छोरा प्रियान्सु यादव आफ्नै घरबाट अपहरणमा परेका उनलाई  भारतको विहार मधुवनी खाजेडीबाट बिहीवार राति उद्धार गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा डिएसपी शालिग्राम शर्मा पैडेलले जानकारी छ ।

भारतबाट ल्याएका बालकलाई राति नै उनका बुबाआमाको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा डिएसपी शालिग्राम शर्माले जानकारी दिए । उनका अनुसार भारतीय प्रहरीको सहयोगमा बाललाई फेलापारी आमा संगीता कुमारी यादवलाई जिम्मा लगाइएको हो ।

प्रहरीले बालकलाई बेवारीसे अवस्थामा फेला परेको बताएको छ । अपहरणकारीहरुले प्रहरी आएको सुइँको पाएपछि बालकलाई छोडेर भागेको अनुमान गरेका छन् ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले व्यक्तिगत रिसिइबीका कारण चिनजानकै व्यक्तिहरुले बाललाई त्यसरी लगेको हुनसक्ने बताएपनि अनुसन्धान जारी रहेको जनाएको छ । प्रहरीले भने अझै पनि अपरहण नभइ हराएको भनिरहेको छ ।

खोजतालासको क्रममा आफन्तहरुले नै बालक रहेको स्थानको सूचना प्रहरीलाई दिएपनि नेपाल भारत दुवै प्रहरीको सहयोगमा बालक भेटिएको बताएको छ ।

कसरी भयो अपहरण ?

आफ्नै घरको आँगनमा खेल्दै गरेका दुई वर्षीय प्रियान्सुलाई एक अपरिचित व्यक्तिले डुलाउन भनेर मंगलबार साँझ अपहरण गरेका थिए । मंगलबारको व्रत बसेकी संगीता धारामा भाडा सफा गर्दै थिइन् । हजुरआमा गुलवादेवी आँगनकै गोठमा खुट्टामा तेल लगाउँदै थिइन् । एक व्यक्तिले नाती बोकेर हिँडेको उनले देखेकी थिइन् । उनले ति व्यक्तिले नातीलाई खेलाउन लगेको ठानेकी थिइन् तर अबेरसम्म बच्चा नफकिएपछि मात्र खोज्न थालिएको थियो ।

एकाएक बच्चा हराएको खबरले घरमा आमा संगीता बेहोस बनेकी थिइन् । बाबु प्रदीप भने साउदी अरबमा रहेका छन् । करिब १२ वर्षदेखि साउदी अरबमा रोजगारीका क्रममा रहँदै आएका प्रदीप गत वर्ष फागुनमा बिदामा घर फर्केका थिए । कोरोना संक्रमण फैलिएर लकडाउन भएपछि प्रदीप फर्किन पाएका थिएनन् । स्थिति सामान्य भएपछि १ माघमा उनी साउदी अरब फर्किएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रामभरोसी यादव
रामभरोसी यादव

रामभरोसी यादव रातोपाटीका सिरहा संवाददाता हुन् ।

लेखकबाट थप