मोटोपनाका कारण ट्रोल हुन थालेकी थिइन् नेहा धुपिया, लकडाउनका बेला घटाइन् यति किलो तौल
बलिउड नायिका नेहा धुपियाको तौल गर्भावस्थामा निकै बढेको थियो र यतिबेला थुप्रै मानिसहरुले उनीमाथि कमेन्ट गरे र अब उनको करियर रोकिने भन्दै विभिन्न टिका टिप्पणी पनि गर्न थाले । यद्यपि, नायिकाले यो समयमा उनका श्रीमान् निकै सहयोगी भएको बताइन् ।
नेहाले हालै एक भारतीय मिडियालाई दिएको अन्तर्वार्तामा गर्भावस्थाका बेला शरीरमा आउने परिवर्तनबारे कुरा गरिन् । उनले भनिन्, ‘तपाईंले आफूभित्र एउटा सुन्दर जीवनलाई हुर्काइरहनुभएको हुन्छ तर यो जीवन जब अचानक बाहिर आउँछ तब तपाईं आफैंलाई हेरेर निकै अचम्मित महसुस गर्नुहुन्छ । मानिसरुको नजरमा रहनु, गर्भावस्थाका बेला तौल नबढ्ने भाग्य सबैको हुँदैन । मेरो तौल २३–२५ किलोसम्म बढेको थियो ।’
नेहाका अनुसार उनले लकडाउनको ८ महिनामा २१ किलो तौल घटाइन् । नेहाले भनिन्, ‘मानिसहरुले मेरो मोटोपनाका साथै मेरो करियरसम्म कमेन्ट गर्न सुरु गरेका थिए ।’ यद्यपि, उनले नकारात्मक टिप्पणी आफूमाथि हावी हुन दिइनन् र लकडाउनमा एकपटक पुनः सेपमा आइन् ।
नेहाले भनिन्, ‘लकडाउनमा मैले जे जति काम गरेँ त्यसमा एउटा अरुको कुरा सुनेर चिन्तित नहुनु पनि थियो । मैले ८ महिनामा २१ किलो तौल घटाएँ ।’
स्मरण रहोस्, नेहा धुपियाले सन् २०१८ मे १० मा गोप्य तरिकाले अंगद बेदीसँग विवाह गरेकी थिइन् । त्यसको ६ महिनापछि १८ नोभेम्बर सन् २०१८ मा उनकी छोरी मेहरको जन्म भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण