इतिहासमा आजः जब एक रक्सीले मातेका व्यक्तिको गल्तीले फुटेको थियो दुई हजार वर्ष पुरानो फूलदानी, जोड्न १०३ वर्ष लागेको थियो
बेलायतको राजधानी लण्डनमा ब्रिटिश म्युजियम छ । यो संग्रहालयमा दुई हजार वर्ष पुरानो पोर्टल्यान्ड भास (फूलदानी) पनि राखिएको छ । यो फूलदानीको पछाडि आज पनि एउटा सानो निशान लागेको छ जसले यसको इतिहासबारे आज पनि हरेक दिन याद दिलाउँछ ।
वास्तवमा यो दुई हजार वर्ष पुरानो पोर्टल्याण्ड भास एक रक्सीका मातेका व्यक्तिको गल्तीका कारण खसेको थियो र यो ८० भन्दा बढी टुक्रा भएर फुटेको थियो । आजकै दिन अर्थात् सन् १८४५ को फेब्रुअरी ७ तारिखमा विलियम फ्लोयट ब्रिटिश म्युजियम गएका थिए । फ्लोयड असाध्यै मातेका थिए र सिसाको केसमा ठोक्किएका थिए । यसै सिसाको केसमा यो फूलदानी राखिएको थियो ।
त्यसपछि खैलाबैला भयो, फ्लोयडलाई पक्राउ गरियो । उनलाई जब अदालतमा पेश गरियो तब उनका वकिलले फ्लोयडलाई जुन कानून अन्तर्गत पक्राउ गरिएको थियो त्यो कानून ५ पाउन्डभन्दा माथिका वस्तु फुट्दा लागू नहुने बताए । तसर्थ फ्लोयडलाई सिसाको केस फुटाएकोमा दोषी ठहर गरियो र उनीमाथि ३ पाउन्ड जरिवाना लगाइयो ।
पछि ब्रिटिश म्युजियमले जब अनुसन्धान गर्यो तब पत्ता लाग्यो कि विलियम फ्लोयडको वास्तविक नाम विलियम मुलकाही थियो । यद्यपि, ब्रिटिश म्युजियमले उनलाई पुनः कुनै कारवाही गरेन किनभने विलियमको मानसिक अवस्था ठिक थिएन ।
सन् १८४५ मा जब फूलदानी फुट्यो तब त्यसलाई त्यहि बेला जोडियो तर त्यो पूर्ण रुपमा ठिक हुन सकेन । त्यसको १०३ वर्षपछि मात्रै सन् १९४८ मा यो पूर्ण रुपमा ठिक भयो । सन् १९८८ मा यसलाई संग्रहालयमा पुनः राखियो ।
७ फेब्रुअरीका अन्य महत्वपूर्ण घटनाः
२००१ः इजराइलका प्रधानमन्त्री एहुद बराकले चुनाव हारेपछि एरियल शेरोन नयाा प्रधानमन्त्री बने ।
१९६२ः जर्मनीको एक कोइला खानीमा बिस्फोट हुँदा २९८ मजदुरको मृत्यु भएको थियो ।
१९५९ः फिडेल क्यास्त्रोले क्यूबामा नयाँ संविधानको घोषणा गरे ।
१९४०ः बेलायतमा रेलवेको राष्ट्रियकरण भयो ।
१९१५ः गुडिरहेको रेलबाट पठाएको वायरलेस मेसेज रेलवे स्टेशनले पायो
१८३१ः बेल्जियममा संविधान लागू भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण


