म्यान्मार प्रदर्शन– जनताको साथमा छौं भन्दै प्रहरी पनि आन्दोलनमा
काठमाडौं । म्यानमारमा सैनिक ‘कू’ विरुद्ध प्रदर्शनमा उत्रने सरकारी कर्मचारीहरुको संख्या बढ्दै गएको छ । गत साता अङ सान सुकीको जननिर्वाचित सरकारलाई अपदस्थ गर्दै सेनाले सत्ता आफ्नो हातमा लिएको थियो । त्यसयता ठूला समारोहमा प्रतिबन्ध तथा रातको समय कफ्र्यु लगाइए पनि दशौंं हजार आन्दोलनकारी अहिले सडकमा छन् ।
सडकमा आन्दोलनकारीसँग सरकारी कर्मचारी समेत देखिएका छन् । बुधबार पाँचौ दिन पनि आन्दोलनकारीहरुले राजधानी नेपिडोमा प्रदर्शन गरेका छन् । बुधबार पूर्वी कायाह राज्यमा दर्जनौं पुलिस अधिकारीहरु ‘हामी निरङकुशता चाहादैंनौं, जनताको साथमा छौं’ लगायत नारा लेखिएका पोस्टर बोकेर सडकमा उत्रिए । आन्दोलनलाई प्रत्यक्ष नियालेका एक व्यक्तिले बीबीसीलाई दिएको जानकारीअनुसार ४० जनाभन्दा धेरै प्रहरी अफिसर यो आन्दोलनमा उपस्थित थिए । अर्का एक प्रत्यक्षदर्शीकाअनुसार केही प्रहरी अधिकारीहरु पक्राउ पनि परेका थिए ।
घाइतेको अवस्था गम्भिर
प्रदर्शनका क्रममा मंगलबार राजधानी नेपिडोमा प्रहरीको गोली लागेर घाइते भएकी महिलाको अवस्था चिन्ताजनक छ । उनको टाउकोमा गोली लागेको थियो । प्रदर्शनकारीलाई तितर–वितर पार्न प्रहरीले पहिले पानीको फोहरा र रबर बुलेट चलाएपनि प्रदर्शन नरोकिएपछि गोली चलाएको थियो । प्रहरीले आन्दोलनमा बल प्रयोग बढाएपनि अहिलेसम्म कसैको मृत्यु भने भएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चारवटै सुरक्षा निकायको क्षमता अभिवृद्धि गर्ने घोषणा
-
सैफ अली खान र करीनाको सम्बन्ध बिग्रिएको हो ?
-
सामाजिक सुरक्षामा केन्द्रित सबै संस्थालाई मर्जर गर्ने सरकारको उद्घोष
-
प्रहरीको बढुवा प्रणाली अनुमानयोग्य बनाउने सरकारको घोषणा
-
यस्तो छ आर्थिक वर्ष २०८१/०८२ को सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)
-
ज्येष्ठ नागरिकको घरमा नै नियमित स्वास्थ्य परीक्षण गरिने