प्रियंकालाई अभिनेताको जति पारिश्रमिक मागेपछि सेटबाट लखेट्ने धम्की
एजेन्सी । अभिनेत्री प्रियंका चोपडाले आफ्नो अटोबायोग्राफी अनफिनिश्ड लेखेकी छिन् । उनले उक्त किताबमा बलिउडका विषयमा थुप्रै विषयबस्तुको उजागर गरेकी छिन् ।
बलिउडभित्रको पितृसत्ता र फेभरिटिज्मको बारेमा पनि उनले लेखेकी छिन् ।
उनले आफ्नो जीवनीमा स्किम्ड फ्रम द काउचको पोडकास्टको विषयमा पनि लेखेकी छिन् । उनले फिल्मको विषयमा लेखेकी छिन् । उनले फिल्मका को स्टारको विषयमा कुनै पनि जानकारी नदिइ आफ्ना प्रोड्युसर र निर्देशकले बढी पारिश्रमिक मागेको विषयलाई लिएर धम्की दिएको खुलाएकी छिन् ।
उनले निर्देशक र प्रोड्युसरलाई आफ्ना को स्टार अभिनेताको जति पारिश्रमिक माग्दा सेटबाट लेखेट्ने धम्की समेत दिएको बताइन् ।
यति मात्र होइन उनले एउटा फिल्मबाट सजिल्यै अभिनेत्री परिवर्तन हुने गरेको समेत खुलाइन् । उनलाई उक्त सेटमा एउटा चेक दिँदै निर्देशकले भने, 'उनले मलाई चेक दिँदै अभिनेताको भन्दा कम भएको भने । अनि यस्ता केटीहरु यो अवसरका लागि जत्ति पनि भेटिन्छन् । र तपाईँलाई थाहा नहोला फिल्म सेटबाट अभिनेत्री सजिल्यै बदलिन्छन् ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण