निर्वाचनमा भाग लिने दलको टुङ्गोबिनै आचारसंहिताबारे छलफल गर्न आयोगको निम्ता
काठमाडौँ । निर्वाचनमा भाग लिने राजनीतिक दलहरुको टुङ्गो नै नलागी निर्वाचन आयोगले चुनावी आचारसंहिताबारे छलफल गर्न राजनीतिक दलहरुलाई आयोगमा बोलाएको छ । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले निर्वाचन आचार संहिताबारे छलफलका लागि आइतबार बिहान साढे ११ बजे सवै दललाई बोलाइएको जानकारी दिए ।
निर्वाचन आयोगका अनुसार आयोगले आचारसंहिताको मोटामोटी मस्यौदा तयार बनाइसकेको र त्यसमा दलहरुको सुझाव समेट्न छलफल गर्न लागेको हो । ‘छलफलका लागि आयोगले सबै दलका नाममा पत्र काटेको छ । आउने व्यक्ति उहाँहरुलाई जो अनुकुल हुन्छ उहाँहरु नै आउनुहुन्छ’, प्रवक्ता श्रेष्ठको भनाइ छ । दलहरुसँग परामर्श सकेलगत्तै निर्वाचन आचारसंहिता सार्वजनिक गर्ने आयोगको तयारी छ ।
नेकपा प्रचण्ड माधव पक्षका नेता लिलामसण पोखरेलले दलको टुंगो नै नलागी आचारसंहिताबारे कस्तो छलफल गर्न लागेको हो भन्ने आफुलाई समेत जिज्ञासा पैदा भएको बताए । उनले छलफलमा सहभागी भने हुने प्रतिक्रिया दिए ।
गत पुस ५ गते सरकारले प्रतिनिधिसभा विघटन गरी आगामी वैशाख १७ र २७ गते निर्वाचन मिति तोकेको छ । तर नेकपा ओली समुह बाहेका अन्य सबै दल प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोतकतान्त्रिक भन्दै पुनर्स्थापनाका लागि आन्दोलन गरिरहेका छन् । सर्वोच्चमा समेत प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दाको बहस जारी छ ।
संसद विघटनपछि सत्तारुढ दल नेकपा विभाजित छ । यद्यपि कानुनी रुपमा विभाजनको मान्यता भने पाइसकेको छैन । आयोगमा आधिकारिकताका लागि केपी ओली पक्ष र प्रचण्ड–माधव दुवै पक्षले दाबी गरिरहेका छन् । यसमा आयोग भने अनिर्णयको बन्दी बनिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
-
कीर्तिमान भङ्ग गर्ने दाउमा २१ वर्षे युवा सनसनी गुलेर
-
रास्वपा कर्णाली प्रदेशको अधिवेशन सुरु हुँदै, सभापतिका आकाङ्क्षी चार जना
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
-
सुकुमबासी बस्ती हटाएपछि बन्दैछ खुला पार्क र कोरिडोर, ३ अर्ब बजेट प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण