सहरी विकास मन्त्री साहले गरे दुईवटा सडकको उद्घाटन
रौतहट । सहरी विकास मन्त्री प्रभु साहले गृहजिल्ला रौतहटमा एकै दिन दुुईवटा सडकको उदघाटन गरेका छन् । मन्त्री साहले जिल्लाको गुुजरा नगरपालिकास्थित बाल्चनपुर जंगलसहिया र खतवहिया परसवा पक्की सडकको उदघाटन गरेका हुन् । सोही मन्त्रालयबाट स्वीकृत योजनाअनुसार बाल्चनपुर जंगलसहीया र खतवहिया परसवा पक्की सडक निर्माण हुन लागेको हो ।
रमन सगरमाथा जेभीद्वारा १६ करोड बढीको लागतमा बाल्चनपुर जंगलसहीयाको १० किलोमिटर र ९ करोड बढीको लागतमा खतवहिया परसवामा ७ किलोमिटर कालोपत्रे भएको सघन सहरी तथा भवन डिभिजन कार्यालय वीरगञ्जका प्रमुख रन्जन दासले जानकारी दिएका छन् ।
त्यसैगरी मन्त्री साहले बाल्चनपुर जंगलसैया सडकखण्ड अन्तरगत गुजरा नदीको पुलको पनि शिलान्यास गरेका छन् । उक्त पुलको कुल लागत ६ करोड, ८५ लाख ४३ हजार रहेको छ । पुल निर्माणको ठेक्का सगुन राजदेवी जेभीले लिएको डिविजन सडक कार्यालय चन्द्रपुरका प्रमुख विनोदकुमार मौवारले जानकारी दिए । सडक उद्घाटन कार्यक्रममा मन्त्री साहले कुनै पनि हालतमा अगामी बैशाख १७ र २७ गत निर्वाचन हुने उदघोष गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण