नर्भिक अस्पतालमा नयाँ ओपिडी सेवा शुरु
काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले विश्वस्तरीय सेवा दिने अभियान अन्तर्गत नयाँ ओपिडी बहिरङ्ग सेवाको सुरुवात गरेको छ । अस्पतालले आइतवार पत्रकार सम्मेलन आयोजना गरी आफ्नो पुरानो ओपिडी भवनलाई पुननिर्माण गरी अझ स्तरीय, आधुनिक बनाई सेवा सुचारु गरेको बताएको हो ।
अस्पतालका सञ्चालन प्रमुख कपिल गौतमले अन्तर्राष्ट्रिय स्तरको सेवा दिने अभियान अन्तर्गत नयाँ ओपिडी कक्षको सुरुवात गरिएको बताएका हुन् । अस्पतालले आफ्नो सेवालाई पूर्ण रुपमा डिजिटाइज गरी अत्याधुनिक बनाउने कामको सुरुवात ओपिडी सेवाबाट गरेको जानकारी दिए । उपचारका लागि लामो लाइन लाग्नुपर्ने र डाक्टरलाई लामो समयसम्म कुर्नुपर्ने अवस्थालाई हेरेर क्यू म्यानेजमेन्ट सिस्टम लागू गरिएको समेत बताए । यस्तै विरामीहरुले स्पष्टसँग देख्नेगरी डाक्टरको कक्ष अगाडि सम्बन्धित डाक्टरको फोटो सहितको डिजिटल बोर्ड राख्ने व्यवस्था मिलाइएको पनि बताए ।
नर्भिकले प्रत्येक कन्सलट्यान्टहरुसम्म बिरामी पुग्नुभन्दा अगाडि उनीहरुको भाइटल लिनका लागि ३ वटा स्तरीय कोठा समेत तयार गरेको छ । ओपिडी सेवाको विषयमा कुनै समस्या आए तत्काल समाधान हुने गरी ओपिडी इञ्चार्जको कक्ष समेत सँगै राखेको छ । नर्भिकले आफ्ना सबै विभाग तथा सेवालाई डिजिटाइज गर्दै आधुनिक र समयसापेक्ष सेवा दिने योजना बनाएको समेत सञ्चालन प्रमुख गौतमले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेन सरकारको १०० दिन, परिणाममुखी कार्यान्वयन नै अबको परीक्षा : उपेन्द्र यादव
-
सञ्चारमाध्यमप्रति सरकारको दृष्टिकोणमा सङ्कुचन आयो: अध्यक्ष शर्मा
-
दलित, महिला, सीमान्तकृत समुदायका लागि आवाज उठाइरहन्छु : सांसद रम्तेल
-
ध्रुवे हात्तीको आतंक: घरमै पसेर आमा–छोराको लियो ज्यान, स्थानीयको प्रदर्शनपछि चारबुँदे सहमति
-
छिम्केश्वरी धार्मिक वन हस्तान्तरण
-
एपीएफ स्कुलको रकम हिनामिना आरोपमा इन्स्पेक्टर कल्पना गुरुङ पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण