आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय

सशस्त्र प्रहरीद्वारा ३ मोटरसाइकलसहित झन्डै १२ लाखको अवैध कपडा बरामद

आइतबार, २१ असार २०८३, ०७ : ३६
आइतबार, २१ असार २०८३

सारांश

  • रौतहटमा सशस्त्र प्रहरीले ३ वटा मोटरसाइकल र करिब १२ लाख मूल्य बराबरको अवैध भारतीय कपडा बरामद गरेको छ।
  • माधनारायण नगरपालिका-१ दिपही इलाकाबाट भन्सार छली गरी ल्याउँदै गरेको अवस्थामा उक्त कपडा बरामद गरिएको हो।
  • तस्करहरूले कपडा लोड गरिएका मोटरसाइकल छोडी प्रहरीलाई देख्नासाथ फरार भएका छन्।

रौतहट । रौतहट स्थित सशस्त्र प्रहरीको गस्ती टोलीले ३ थान मोटरसाइकलसहित लाखौं मूल्य बराबरको अवैध भारतीय कपडा बरामद गरेको छ।

सशस्त्र प्रहरी बल, नेपाल नं. ११ गण हे.क्वा. रौतहटबाट खटिई गएको मोबाइल गस्ती टोलीले जिल्ला माधनारायण नगरपालिका–१ दिपही इलाकाबाट अवैध रूपमा भन्सार छली भारतबाट नेपालतर्फ ३ वटा भारतीय नम्बर प्लेटका मोटरसाइकलसहित उक्त मूल्य बराबरको विभिन्न किसिमका कपडा बरामद गरेको हो।

तस्करहरूले विआर ०५ यु ३३७१, विआर ०५ ए ८६६६, र विआर ०५ ई ३५६४ नम्बरको मोटरसाइकलमा राखी ल्याउँदै गरेको ११ लाख ९२ हजार,५७० रुपैयाँ बराबरको कपडा गस्ती टोलीले बरामद गरेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी रामहरि अधिकारीले बताएका छन्।

बरामद कपडा मोटरसाइकल सहित आवश्यक कारबाहीको लागि गौर भन्सार कार्यालय रौतहटमा बुझाइएको एसपी अधिकारीले जानकारी दिएका छन्।

गस्ती टोलीलाई हेर्नासाथ तस्करहरू कपडा लोड गरिएको मोटरसाइकल छोडेर फरार भएको सशस्त्र प्रहरीले जनाएको छ।

पछिल्लो समय प्रहरीले जिल्लाको भारत सँग जोडिएको नाकाहरूमा कडाइ गरेपछि तस्करहरूले नरकटीया बन्कुल नाका हुँदै भन्सार छलीका उक्त कपडा अवैध रूपमा भित्र्याएको हुनसक्ने अनुमान गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप