आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय
फिफा विश्वकप २०२६

पेनाल्टी गोलमार्फत फ्रान्सलाई १–० को अग्रता, गोल्डेन बुटको दौडमा एम्बाप्पे अघि

आइतबार, २१ असार २०८३, ०४ : ३३
आइतबार, २१ असार २०८३

काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत आइतबार अमेरिकाको फिलाडेल्फियामा जारी पाराग्वेविरुद्धको खेलमा गोल गर्दै फ्रान्सका स्टार स्ट्राइकर केलियन एम्बाप्पे विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता बन्ने ठूलो कीर्तिमानको निकै नजिक पुगेका छन् । खेलको ७०औँ मिनेटमा प्राप्त पेनाल्टीलाई गोलमा परिणत गर्दै एम्बाप्पेले फ्रान्सलाई खेलमा १–० को महत्त्वपूर्ण अग्रता दिलाएका छन् । यसअघि खेलको ६८औँ मिनेटमा भिडियो असिस्टेन्ट रेफ्री रिभ्युमार्फत फ्रान्सले पेनाल्टीको सुनौलो अवसर पाएको थियो ।

यो गोल एम्बाप्पेको समग्र विश्वकप करियरको १९ औँ व्यक्तिगत गोल बनेको छ । यो गोलसँगै उनी विश्वकप इतिहासमा सबैभन्दा बढी गोल गर्ने अर्जेन्टिनाका लियोनेल मेस्सीको २० गोलको सर्वकालीन कीर्तिमान बराबरी गर्न अब मात्र १ गोलले पछि परेका छन् । 

आजको यस गोलसँगै एम्बाप्पे जारी फिफा विश्वकप २०२६ को ‘गोल्डेन बुट’ को दौडमा पनि शीर्ष स्थानमा उक्लिएका छन् । फिफाको पछिल्लो आधिकारिक तथ्याङ्क अनुसार ७ गोल र २ असिस्ट सहित एम्बाप्पे पहिलो स्थानमा रहन सफल भएका छन् भने ७ गोल तर कुनै असिस्ट नभएका लियोनेल मेस्सी दोस्रो स्थानमा झरेका छन् । दुवै खेलाडीको गोल संख्या ७–७ भए पनि बढी असिस्ट भएका कारण एम्बाप्पेले मेस्सीलाई उछिन्न सफल भएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप