आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय

झापामा ७ लाख ६१ हजार मेट्रिकटन खाद्यान्न उत्पादन

शनिबार, २० असार २०८३, २३ : २६
शनिबार, २० असार २०८३

झापा । झापामा सात लाख ६१ हजार ४३२ मेट्रिकटन खाद्यान्न उत्पादन भएको छ ।

आर्थिक वर्ष २०८२/८३ मा वर्खे धान, चैतेधान, मकै, कोदो, फापर, गहुँ र जौ गरी छ प्रकारका सात लाख ६१ हजार ४३२ दशमलव ७८ मेट्रिकटन खाद्यान्न भएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिए ।

सो अवधिमा चैतेधान ८९ हजार ६५५.३ मेट्रिकटन, वर्खे धान तीन लाख ७७ हजार ५३४.३५ मेट्रिकटन, मकै दुई लाख ८३ हजार १८७।८८ मेट्रिकटन, कोदो ८६९.४७ मेट्रिकटन उत्पादन भएको छ ।

फापर तीन हजार ७५८.७ मेट्रिकटन, गहुँ छ हजार ४१९ मेट्रिकटन र जौ ८.१ एक मेट्रिकटन उत्पादन भएको कार्यालय प्रमुख विष्टले जानकारी दिए ।

खेतीको क्षेत्रफल क्रमशः घट्दो

पछिल्लो तीन वर्षयता खेतीको क्षेत्रफल र उत्पादन घट्दै गएको छ । आर्थिक वर्ष २०८०.८१ मा एक लाख ४३ हजार ८१५ हेक्टरमा वर्खे धान, चैतेधान, मकै, कोदो, फापर, गहुँ र जौखेती गरिएको थियो । जसमा यी छ प्रकारका खाद्यान्न आठ लाख ६३ हजार २३८.८ मेट्रिकटन उत्पादन भएको थियो ।

आर्थिक वर्ष २०८१.८२ मा एक लाख ४५ हजार ३२६.०६ हेक्टरमा आठ लाख ५२ हजार २०८.२५ मेट्रिकल खाद्यान्न उत्पादन भएको कृषि ज्ञान केन्द्र झापाको खाद्यान्न बालीहरूको तथ्याङ्क विवरणमा उल्लेख छ ।

यता, चालु आर्थिक वर्ष २०८२.८३ मा एक लाख ३० हजार ३८६ हेक्टरमा सात लाख ६१ हजार ४३२.७९ मेट्रिकटन खाद्यान्न उत्पादन भएको छ । अघिल्लो वर्षको तुलनामा ती छ बालीको खेतीको क्षेत्रफल १४ हजार ९४० हेक्टर घटेको छ भने ९० हजार ७७५ मेट्रिकटन खाद्यान्न उत्पादनमा कमी आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप