बालेन सरकारको एक्सनः ११८ अर्बको बिगो दाबीसहित १०१ जनाविरुद्ध मुद्दा
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को नेतृत्वमा रहेको वर्तमान सरकारले भ्रष्टाचार र वित्तीय अपराधविरुद्ध शून्य सहनशीलताको नीति अख्तियार गर्दै कानुनी कदम चालेको छ ।
सरकार गठन भएको एक सय दिन पूरा भएको अवसरमा शनिबार सार्वजनिक गरिएको सरकारको उपलब्धि प्रतिवेदनमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले ११८ अर्ब रुपैयाँ विगो दाबीसहित १०१ जनाविरुद्ध मुद्दा दायर गरेको उल्लेख छ ।
राज्यकोषको दोहन र नीतिगत सेटिङमा संलग्न रहेका व्यक्तिहरूलाई लक्षित गरी सरकारले सातवटा विशेष मुद्दा दायर गरेको हो । जसमा १०१ जना प्राकृतिक तथा कानुनी व्यक्तिहरूलाई प्रतिवादी बनाइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा सार्वजनिक गरिएको विवरणमा अनुसार, वित्तीय अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा संलग्नहरूलाई कानुनी दायरामा ल्याउने क्रममा यति ठुलो परिमाणको विगो दाबी गरिएको यो ऐतिहासिक कदम हो ।
यसका साथै सरकारले धितोपत्र बोर्ड ऐन र बैंकिङ कसुरमा संलग्न व्यक्तिहरूलाई पनि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० मार्फत अनुसन्धान र कारबाहीको प्रक्रियामा ल्याएको छ । सुशासन र आर्थिक पारदर्शिता कायम गर्ने लक्ष्यका साथ सरकारले भ्रष्टाचार नियन्त्रणलाई प्रणालीगत बनाउन बैंक खाता, डिजिटल वालेट र सेयर लगानीलाई समेटेर एकीकृत डिजिटल सम्पत्ति लगत स्थापनाको प्रक्रियासमेत अघि बढाएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोर्चुगलको जङ्गलमा डढेलो, नियन्त्रणका लागि सयौँ अग्नि नियन्त्रक सक्रिय
-
दर्ता प्राप्त चिकित्सकले मात्र रेडियोलोजी सेवा दिन पाउने कानुनी व्यवस्था पालना गर्न माग
-
काठमाडौँसहित विभिन्न क्षेत्रमा मुसलधारे वर्षा
-
नेतन्याहुले छिट्टै अमेरिका भ्रमण गर्ने
-
२०२२ देखि विश्वकप २०२६ सम्मः जसलाई पनि हराउन सक्ने टोली
-
अत्यधिक गर्मीका कारण अमेरिकामा स्वतन्त्रता दिवसका कार्यक्रम प्रभावित, केही स्थगित र रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण